काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा जेनजी आन्दोलनलाई जोड्ने क्रम बढेको छ । यही शुक्रवारबाट रिलिज हुने नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’मा पनि पुन छायांकन गरेर जेनजी पुस्ताको आन्दोलनको केही दृश्य थप गरिएको चर्चा छ ।
यसै बिच जेनजी आन्दोलनको ’boutमा दृश्य तथा संवाद राख्दा नेपाली चलचित्र ‘बिगुल’ यति बेला विवादमा परेको छ । यो चलचित्रकी अभिनेत्री बेनिशा हमालले अब आफू चलचित्रको हिस्सा नबन्ने र यसको जिम्मेवारीसमेत नलिने घोषणा गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा स्ट्याटस नै लेखेर यस्तो घोषणा गरेकी हुन् । यो चलचित्रको आइतबार सार्वजनिक गरिएको टिजरको अन्त्यमा अभिनेत्री बेनिशाको स्वरमा एउटा संवाद राखिएको छ । जसमा भनिएको छ,‘ अब कुनै पनि हालतमा जेनजीहरूको भावना मार्नु हुँदैन ।’

यो संवाद राखेर जेनजीको बलिदानलाई भजाउँदै चलचित्र चलाउन खोजिएपछि बेनिशा आक्रोशित भएकी हुन् । यो संवाद चलचित्रसँग सम्बन्धी नभएकाले अभिनेत्री बेनिशाले सुरुमा रेकर्ड गर्न मानेकी थिइनन् । तर निर्देशकको आग्रहमा उनले यो संवाद स्वरांकन गरेकी थिइन् । यसलाई चलचित्रमा नराख्न आफूले आग्रह गरेको र चलचित्रमा नराख्ने कुरा रेकर्डको क्रममा भएको पनि बेनिशाको दाबी छ ।
यसै विषयमा बेनिशाले मंगलबार राजधानीसँग भनिन्,‘यो संवाद रेकर्ड गरेपछि मैले यसलाई चलचित्रमा नराख्न निर्माण पक्षसँग आग्रह गरेकी थिएँ । निर्देशक रमेश कोइरालाले पनि चलचित्रमा राख्ने हैन भन्नु भएका थियो’, तर अहिले एक्कासि सो संवाद चलचित्र बिगुलको टिजरमा आउँदा उनी छक्क परिन् ।
यो संवाद’bout किन आपत्ति जनाएको भन्ने प्रश्नमा बेनिशाले राजधानीसँग भनिन्,‘हामीले जेजनी आन्दोलन हुनु भन्दा तीन महिना अघि नै यो चलचित्रको छायांकन गरेको हो र जसमा जेनजीको सम्बन्धित कुरा नै राखिएको थिएन । त्यसैले चलचित्रमा नभएको दृश्य र संवाद राखेर म दर्शकलाई धोका दिने पक्षमा छैन ।’
बेनिशाले यो विषयमा आफ्नो प्रतिक्रिया जनाएको भए पनि निर्माण पक्षले कुनै जवाफ दिएको छैन । माघको पहिलो साता चलचित्र रिलिज गर्नु पर्ने भएकाले आफूहरू चलचित्रको पोस्ट प्रोडक्सनमै व्यस्त रहेको निर्माण पक्षको कथन छ ।
सो प्रकरणमा अभिनेत्री बेनिशाले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्,‘एक कलाकारको रूपमा म यो उद्योगमा १४ वर्षदेखि काम गर्दै आएको छु, र मैले सधैँ आफ्नो कामलाई सम्मान गरेको छु । म पेसागत आचरणमा विश्वास गर्छु र मानिसहरूको भावनाको सधैँ कदर गर्ने प्रयास गर्छु । यी वर्षहरूमा मैले कहिले राम्रो टिमसँग काम गर्ने अवसर पाएँ, त कहिले कम पेसागत टिमसँग पनि ।’
चलचित्र बिगुलको संवाद’bout आपत्ति जनाउँदै उनले लेखेकी छिन्,‘तर परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैँ मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु । एक कलाकारको हैसियतले के साझा गर्ने र के नगर्ने भन्ने सिमाना मलाई स्पष्ट छ र फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु,’ उनले अन्तिममा लेखेकी छिन्,‘ यदि फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने, म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ ।’






