मितज्यू बन्दै दयाहाङ र सौगात

काठमाडौं । आगामी नयाँ वर्षको अवसर पारेर २७ चैतमा रिलिज हुने भनिएको चलचित्र ‘मितज्यू’को निर्धारित समयमा छायांकन हुन सकेन । अब सो मितिमा यो चलचित्र नआउने भएको छ । यो चलचित्रको अब माघको पहिलो साताबाट मात्र छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । अब ‘मितज्यू’ गणतन्त्र दिवसको अवसर पारेर आगामी १५ जेठमा रिलिज गरिने भएको छ ।

शनिवारबाट यो चलचित्रको अभिनय कार्यशाला सुरु गरिएको निर्माण पक्षले विज्ञप्ति मार्फत जनाएको छ । कार्यशालामा यो चलचित्रका कलाकारहरू तेरिया फौजा मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत छन् ।

गत वर्षको सफल चलचित्र ‘घर ज्वाइँ’का निर्देशक अनिल बुढा मगरले चलचित्र ‘मितज्यू’ निर्देशन गर्दै छन् । चलचित्रका कलाकारहरूले गर्ने भूमिकालाई सहज होस भनेर चलचित्रको अभिनय कार्यशाला सुरु गरिएको निर्देशक मगरले बताएका छन् । उनका अनुसार यो अभिनय कार्यशाला करिब तीन हप्ता चलाएर त्यसपछि छायांकन सुरु गरिने छ ।

चलचित्र निर्माता जनक घर्ती मगर हुन् । कार्यशाला’bout उनले भने,‘ सुटिङमा कलाकारले आफ्नो भूमिका बुझेपछि काम गर्न सहज हुन्छ र कलाकारले कथा र आफ्नो चरित्र बुझेपछि अभिनय गर्न थप सजिलो हुनुका साथै छायांकनको समय बचत र खर्चसमेत कम हुन्छ ।’

यो चलचित्रमा दयाहाङ राई र सौगात मल्लले मितज्यूको भूमिका निर्वाह गर्दै छन् । चलचित्रमा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्का बहादुर पुन मगर(खबपु) लगायतको अभिनय रहेको छ ।

यो चलचित्रमा प्रोडक्सन डिजाइनर किशोर नेपाल, सम्पादक लोकश बज्रचार्य, संगीतकार श्रीकृष्ण बम मल्ल, प्रकाश सपुत, छायांकार शिशिर सिशंखे, द्वन्द्व निर्देशक प्रभात विष्ट छन् । यो चलचित्रलाई आर आर फिल्मस्ले बितरण गर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीसँग नजिकिए विष्णु, अझै दूरीमा शंकर !