पिडीतलाई बंक्सिङ संघ धनकुटाको सहयोग

धनकुटा । जिल्ला बंक्सिङ संघ धनकुटाले मृगौला पिडीत र ब्लड क्यान्सर पिडीतलाई उपचारको लागि सहयोग हस्तान्तरण गरेको छ। सघले एउटा मृगौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्यामा परेका धनकुटा नगरपालिका वडा नं. ८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौविसे गाउँपालिका वडा नं. ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो।

संघले राईलाई १ लाख १८ हजार ४ सय ७० रुपैया, ब्लड क्यान्सर पीडित चेम्जोङलाई ३० हजार रुपैया सहयोग गरेको हो। राईले मृगौलाको नियमित डायलासिस धनकुटा अस्पतालमा गरिरहनु भएको छ। यस्तै चेम्जोङले काठमाडौस्थित ओम अस्पतालमा उपचार गराइ रहनु भएको छ।

यस्तै संघले धनकुटाको श्रीपञ्चमीमा रहेका अनाथ बालबालिकालाई २२ हजार रुपैयाँ बराबरको खाद्यान्न, धनकुटामा बसर्पाकमा ४५ हजार रुपैयाँको २ वटा सिसि क्यामेरा जडान र १८ हजारको खेल सामग्री खरिद गरि विभिन्न क्लबलाई सहयोग गरेको जिल्ला बंक्सिङ संघ धनकुटाका कार्यबहाक अध्यक्ष हेमचन्द्र राईले जानकारी दिए।

गत मंसिर २५ गतेदेखि पुस ५ गतेसम्म धनकुटा बसपार्कमा सञ्चालन गरिएको कल्च।ल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट संकलित रकमबाट उक्त सहयोग गरिएको कार्यबहाक अध्यक्ष राईले जानकारी दिए। सांस्कृतिक कार्यक्रमबाट ६ लाख ५ हजार रुपैयाँ रकम संकलन भएकोमा सहयोग र कार्यक्रम खर्चपछि ९० हजार रुपैया बचत भएको जिल्ला बंक्सिङ संघ धनकुटाले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार