Thursday, June 4, 2020
Home प्रदेश प्रदेश २ ‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

जीतपुर । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिए पनि लामो समयसम्म पालिकास्तरबाट सङ्क्रमितका विषयमा चासो नभएपछि पीडित सञ्चारकर्मी सञ्चारगृहको क्वारेन्टिनमा बस्न बाध्य भएका छन् ।

दुई सञ्चारकर्मीमध्ये एक बाणगङ्गा नगरपालिका वडा नम्बर–११ भडिहवाका २४ वर्षीय पुरुष कपिलवस्तु सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो÷टेलिभिजन ‘बुद्ध आवाज’का प्राविधिक हुन् भने अर्का २९ वर्षीय पुरुष कपिलवस्तु नगरपालिका– ३ स्थित ‘कपिलवस्तु दर्पण’का प्रबन्धक तथा ‘उज्यालो पोष्ट‘का सञ्चालक हुन् । अन्य सातमा बाणगङ्गाका पाँच, मायादेवी गाउँपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक सङ्क्रमित छन् ।

उनन्तीस वर्षीय सञ्चारकर्मीले कोरोना पुष्टि भएको करीब सात घण्टा भए पनि पालिकाबाट कुनै सम्पर्क र सोधपुछ नभएको गुनासो गर्दै पटकपटक घर परिवारको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ भनेर माग गर्दा पनि सुनुवाइ नहुँदा स्थानीय सरकार यतिबेला लाचार भएको अनुभूति भएको बताए । उनले भने, ‘अब कसको मुख हेरेर बसौँ त, आफैँ क्वारेन्टिनमा बसिरहेको छु । जिल्लाका सञ्चारकर्मीमा कोरोना पुष्टि हुँदा ६ घण्टा पहिले थाहा पाएको स्थानीय सरकारले सङ्क्रमितको अवस्था नखोज्दा आम नागरिक कसरी सुरक्षित होलान् ?’

टेलिभिजनका प्राविधिकको पनि उस्तै गुनासो रहेको छ । उनलाई कोरोना पुष्टि भएको करिब ६ घण्टा हुँदा पनि कुनै सोधपुछ भएको छैन । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजीकमा रहेर समाचार शाखा र प्राविधिक शाखामा काम गर्ने पत्रकारका लागि सञ्चारगृहको सभाकक्षमा क्वारेण्टाइन बनाइएको व्यवस्थापक भेषराज पाण्डेले बताए । मुलुकले महामारीको पीडा खेपिरहेका बेला सञ्चारकर्मीमा सङ्क्रमण देखिए पनि जनतालाई सुसूचित गर्ने काममा खटिएका पत्रकारले क्वारेन्टिनमा बसेर भए पनि जनतालाई सुसूचित गर्ने काम नरोक्ने जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जिल्लाका १० पालिकामा नै क्वारेन्टिन भए पनि सबै अवस्थित भएको बताउँदै सञ्चारकर्मीलाई पालिकाहरुले समन्वय गरेर विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले छिटोभन्दा छिटो संक्रमित पत्रकारको सम्पर्कमा रहेका आठ पत्रकारको पिसिआर परीक्षण गर्न माग पनि गरे ।

बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष विष्णु पौडेलले प्रदेशबाट आइसोलेशनको व्यवस्था हुन्छ भनेर कुर्दा केही ढिला भएको उल्लेख गर्दै पत्रकारका लागि आइसोलेशन निर्माणको प्रक्रिया शुरु भएको बताए । सञ्चारगृहको क्वारेन्टिनमा समाचार शाखामा काम गर्ने पाँच र प्राविधिकतर्फ तीनसहित आठ जना छन् । कोरोना पोजेटिभ देखिएका सञ्चारकर्मी बुद्ध आवाजको भवनमा अलग्गै कोठामा रहेको र अहिलेसम्म कहाँ कसरी उपचारका लागि पठाइने भन्ने टुंगो लागेको छैन । यसरी प्राविधिकसँग सम्पर्कमा आएका अन्य आठ कर्मचारीले भने आफैँ क्वारेन्टिन निर्माण गरेर समाचार सम्पे्रषण गर्ने तयारी थालेका छन् ।

(Visited 301 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)