मेयर बालेन रास्वपासँग एकता गर्न तयार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् ।

स्रोतले बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् । सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ । रवि रास्वपाको सभापति रहने छन् ।

सहमतिको लागि काम गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) हुनेछन्। बालेनले रास्वपामा कुनै पनि साङ्गठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधीलाई कसरी समेट्ने भनेर चासो व्यक्त्त गरिरहेका छन् ।

अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन । ‘लगभग सबै कुरा सकिएको छ । नेता, नेतृत्व, पार्टी र झण्डा र चुनाव चिन्ह रास्वपाको, पहिला बालेन प्रधानमन्त्री बन्ने सहमति भयो,’ स्रोतले भन्यो, ‘आज बेलुकासम्म सहमतिमा हस्ताक्षर हुन्छ ।’

रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा.स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रिय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन्।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक