पुटिन यात्रा अमेरिकी सामरिक नीतिलाई चुनौती

गत ४ देखि ५ डिसेम्बरसम्मको रसियाका राष्ट्रपति भ्लादिमिर पुटिको भारत यात्रालाई विश्वका हरेक महŒवपूर्ण छापाले चासो लिएका छन् । ३० घण्टे भारत बसाईक्रममा पुटिनको भारत यात्राले भूराजनीतिलाई प्रचूर मात्रामा प्रभावित गरेको देखिन्छ । सन् २००१ देखि सुरु भारत–रसियाको वार्षिक समिटलाई निरन्तरता दि“दै सन् २०२५ को २३औं समिटमा द्विपक्षीय दौत्यसम्बन्ध समीक्षा भए पनि यसको महŒव र घनŒव भूराजनीतिका लागि महŒवपूर्ण देखिएको छ ।

हुन त, विश्व राजनीति र कूटनीतिका लागि भारत रसिया सम्बन्ध उदाहरणीय रहेको छ । इतिहासका हरेक आरोहअवरोहमा रसिया–भारत मैत्री अटुट र अटल रहेको छ । भारत स्वतन्त्र भएपश्चात् २१ डिसेम्बर १९४७ मा सबभन्दा पहिले राजदूतका रूपमा केरलिन नोभीको आएकी थिइन् अर्थात् स्वतन्त्र भारतको दौत्यसम्बन्ध सुरुवात गर्ने मुलुकका रूपमा सोभियत रुस रहेको थियो । सन् १९५३ मा तत्कालीन सोभियत रुसमा मुखिया स्टालिनले भारतका तत्कालीन राष्ट्रपति सर्वोपली राधाकृषणनलाई पत्रका माध्यमबाट भारत–सोभियत–रुस सम्बन्ध भूराजनीतिभन्दा माथि रहेको उल्लेख गरेका थिए ।

६० को दशकमा सोभियत रुसका राष्ट्रपति निकिता क्रुसचेभको अभिव्यक्ति वडो रोचक देखिन्छ । अर्थात् भारतले पहाडको शिखरबाट पनि कुनै बेला सहयोगका लागि आग्रह गर्दा सोभियत सदैब तम्तयार रहेको क्रुसचेभको अभिव्यक्ति थियो । ९ अगस्ट १९७१ को ‘सोभियत भारत शान्ति सम्झौता’ले गर्दा नै भारतले एकसाथ अमेरिका, चीन, बेलायत र पाकिस्तानलाई दबाबमा राखेर पाकिस्तान विभाजन गरेर बंगलादेशको ‘धाईआमा’ बन्न सफल भएको थियो । इतिहासका हरेक आरोहअवरोहमा सोभियत संघ भारतको पक्षमा चटानझैं उभिएको देखिन्छ ।

सन् १९५७ मा अष्टे«लिया, अमेरिका, बेलायत र क्यूवाले संयुक्त राष्ट्र संघमा कश्मिर मुद्दामा प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावको उद्देश्य कश्मिरबाट भारतले आप्mनो सैनिक फिर्ता लिनुथियो । सोभियत संघले ‘भिटो’ प्रयोग गर्दै सो प्रस्ताव खारेज ग¥यो । सन् १९६१ भारतले गोवा एकीकरण गर्दा संयुक्त राष्ट्र संघमा भारतविरुद्ध फ्रान्स, टर्की र बेलायतले विरोध पत्र दर्ता गर्दा सोभियत संघले भारतको पक्षमा ‘भिटो’ प्रयोग गरेको थियो । सन् १९७१ मा पाकिस्तान विभाजनविरुद्ध अमेरिकाले तीनपटक संयुक्त राष्ट्र संघमा प्रस्ताव दर्ता गर्दासमेत सोभियत संघको ‘भिटो’ले गर्दा प्रस्ताव स्खलित भएको थियो ।

सन् २०२५ सम्म रसिया भारतबीच ६५ विलियन अमेरिकी डलरको व्यापार रहेको छ । सन् २०३० दुई मुलुकले सय विलियन अमेरिकी डलरसम्म व्यापार बढाउने महŒवांकाक्षा राखेका छन् । रसियालाई सूचना प्रविधिलगायत औषधि उत्पादनमा भारतले सहयोग गर्ने सम्झौता भएको छ ।

भारतले समेत सोभियत संघलाई हरेक कठिन अवस्थामा सहयोग गरेको देखिन्छ । ८० को दशकमा सोभियत संघले अफगानिस्तानमा सैनिक पठाउ“दा सारा संसार सोभियत संघविरुद्ध थिए । भारत भने सोभियत संघको पक्षमा उभिएको थियो । सिरियामा सोभियत आक्रमणको सर्मथनमा भारतमात्र थियो । क्रिमियालाई सोभियतले कब्जा गर्दासमेत भारतको ‘सोभियत नीति’मा परिर्वतन भएन । युक्रेन मुद्दामा समेत सोभियत संघविरुद्धको हरेक मतदानमा भारतले बहिष्कार गरेको थियो । भारतलाई उद्यौगीकरण यात्रामा लाग्न सोभियत संघको सबैभन्दा अधिक योगदान छ । पुटिनको पछिल्लो भारत यात्रालाई यही इतिहासको आलोकमा वर्णन गर्न उचित देखिन्छ । पुटिनको भारत यात्राले हिन्द प्रशान्त क्षेत्रमा नयॉ समीकरण सुरुवात गरेको देखिन्छ । भारतको हिन्द प्रशान्त नीतिलाई रसियाले निन्दा गरेको थियो । भारतको क्वार्डमा महŒवपूर्ण भूमिका थियो । अमेरिकी नेतृत्वमा अष्ट्रेलिया, जापान र भारत हिन्द प्रशान्त क्षेत्रमा सामुद्रिक सुरक्षा पक्षमा एकबद्ध रूपमा अगाडि बढिरहेका थिए ।

पुटिनको यो भारत यात्राले हिन्द प्रशान्त क्षेत्रमा नयॉ समीकरण सुरुवात भएको छ । रसियाको जलसेना चेनाईसम्म सामुद्रिक मार्गबाट आवतजावत गर्ने र भारत रसियाको जलसेनाले हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा प्रत्याभूत गर्ने सम्झौताले गर्दा डोनाल्ड ट्रम्पको ‘हिन्द प्रशान्तीय नीति’लाई चुनौती दिएको देखिन्छ । वर्तमान भूराजनीतिक परिवेशमा ट्रम्पको ‘टेरिफ नीति’ले गर्दा भारत रसियाको आर्थिक सघन सम्बन्ध चुलिएको देखिन्छ । भारतविरुद्ध ५० प्रतिशतको ‘ट्रम्प टेरिफ’ हु‘दाह‘ुदै पनि भारत विश्वको सबभन्दा अधिक आर्थिक विकास दर बढिरहेको छ । पुटिन र मोदीको संयुक्त सम्झदारीअनुसार दुईवटै मुलुक ऊर्जा, हतियार, खाद्यान्न, प्रविधिलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति भएको छ ।

सन् २०२५ सम्म रसिया भारतबीच ६५ विलियन अमेरिकी डलरको व्यापार रहेको छ । सन् २०३० दुई मुलुकले सय विलियन अमेरिकी डलरसम्म व्यापार बढाउने महŒवांकाक्षा राखेका छन् । रसियालाई सूचना प्रविधिलगायत औषधि उत्पादनमा भारतले सहयोग गर्ने सम्झौता भएको छ । तदनुरूप रसियामा मानव संसाधन कमी भएका कारण भारतले कुशल जनशक्तिका माध्यमबाट रसियालाई सहयोग गर्ने सम्झौता गरिएको छ ।

वर्तमान परिवेशमा रसियाको आर्थिक आकारभन्दा भारतीय अर्थतन्त्रको आर्थिक आकार दुई गुणा अधिक भए पनि सैन्य सार्मथ्यको हिसाबले रसिया संसारमा अब्ब्ल शक्ति हो । भारतलाई आणविक सार्मथ्यदेखि सुखई र व्रह्मोक्ष निर्माण गर्न रसियाले सहयोग गर्दै आएको छ । कालान्तरमा हतियार निर्माण गर्न ‘मेक इन इन्डिया’ नाराअन्र्तगत रसियन प्रविधि र भारतीय पू‘जीको मद्दतले उच्चस्तरीय हतियार उत्पादन भारतमा नै गर्ने दुई सहमति बनेको छ । चीनको बढ्दो दबदबा मध्य नजर राख्दै रसिया–भारतले आप्mनो सघनता बढाएको छ ।

सन् १९६९ मा सोभियत संघ र चीनबीच सीमा विवाद हु“दा चीन हताहत भएको थियो । चिनिया“ पू‘जी र बजारको विकाल्पमा भारतलाई रसियाले उच्च महŒव दिएको छ । भूराजनीतिक समीकरणअनुसार रसिया र भारतबीच सघनता बढेको खण्डमा अमेरिकाको हिन्द प्रशान्तीय नीति प्रभावित हुनेछ । बढ्दो भारत–रसिया सम्बन्धले गर्दा ट्रम्पको भारतप्रति नीतिमा परिर्वतन हुनसक्ने आकलन गर्न सकिन्छ । कूटनीति कमजोर कडीमा हान्ने उपकरणसमेत भएकाले पुटिनको भारत यात्रा अर्थपूर्ण बनेको छ ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना