समानुपातिकतर्फको उम्मेद्वारको बन्द सूची तय गर्न काँग्रेस बैठक सानेपामा

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजपनि बस्दैछ । पार्टी कार्यालय सानेपामा काँग्रेसका तर्फबाट समानुपातिक उम्मेद्वारको बन्द सूची तय गर्न आजको बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ।

आजको बैठकमा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको नामावली र बन्द सूचीको विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्वाचन आयोगले आज र भोलिसम्ममा पार्टीहरुलाई समानुपातिकतर्फका उम्मेद्वारको बन्द सूची पेश गर्न समयसीमा निर्धारण गरेको र समयसीमा भित्र सूची पेश गर्न आग्रह समेत गरेको छ।

पार्टीको आसन्न महाधिवेशनको विषयमा नै आफ्नो छलफललाई केन्द्रीत गरिरहेको काँग्रेसले कसरी बन्द सूची भोलिसम्ममा पेश गर्ला त भन्ने जिज्ञासामा मुख्य सचिव पौडेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार काँग्रेसले सबै काम गर्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन