आजपा र सहकारी पीडित संगठनबीच चुनावी गठबन्धनको सहमति

काठमाडौं । आम जनता पार्टी (आजपा), जनादेश पार्टी र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ। सहमतिअनुसार महासंघले आजपाको मोबाइल चुनाव चिन्हबाट उम्मेदवारी दिनेछ ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, जनादेश पार्टीका अध्यक्ष रमणकुमार कर्ण र महासंघका अध्यक्ष कुशल खत्रीबीच चुनावी तालमेलसम्बन्धी सहमति भएको हो। यसअघि नै आजपा र जनादेश पार्टीबीच मोबाइल चुनाव चिन्ह प्रयोग गर्दै निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने सहमति भइसकेको छ।

सहमतिपत्रमा सहकारी पीडितहरूको बचत फिर्ता दिलाउने विषयलाई प्रमुख एजेण्डाका रूपमा राखी आगामी संसदीय निर्वाचनमा संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने उल्लेख छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आजपा अध्यक्ष प्रभु साहको नेतृत्वमा विभिन्न राजनीतिक दल, समूह, सहकारी तथा लघुवित्त पीडित संघ–संस्था र जेन–जी आन्दोलनकारीहरू समेत एकै मोर्चामा उभिने सहमति गरिएको जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित