काठमाडौं । वैदेशिक रोजगारीका लागि भिसा आवेदनमा पेस गरिने प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको नक्कली स्ट्याम्प प्रयोग गरी प्रमाणीकरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–६ कीर्तिपुरमा डेरा गरी बस्ने ३३ वर्षीय पृथ्वी बहादुर थापा, पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका–८ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–९ स्थित मोनालिसा डिजिटल फोटो स्टुडियोका सञ्चालक ३७ वर्षीय सन्तोष पौडेल रहेका छन्। उक्त घटना’bout थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)






