विशेष महाधिवेशन पक्षधरले भने- ‘काँग्रेससँग अन्य विकल्प बाँकी रहेन’

काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौँको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको नेताहरूले बताएका छन् ।

जेन जेड आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए । उनले भने, ‘नेपाली काँग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।’

पत्रकार सम्मेलनमा वाचन गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीलाई विश्वास छ-‘पुस २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा सहभागी