हेटौंडा । वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि सो पद रिक्त थियो । मुख्यमन्त्री पौडेलले नै सो मन्त्रालयको काम सम्हाल्दै आएका थिए
तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)