उदयपुर । मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते अटो चालकको पनि निधन भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो । उनीहरु सबैको पहिचान खुलेको छ ।
उदयपुरको बेलका नगरपालिका– ५, जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका थिए । जसमध्ये तीन जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी बमका अनुसार सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको बस एक–आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र सुनसरीको बराह क्षेत्र नगरपालिका–७ का १८ का दीपा भन्ने डिया राईको बिहान करिब ११ः४५ बजे उपचारको क्रममा ज्यान गएको डीएसपी बमले जानकारी दिए ।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएकोमा उनको पनि मृत्यु भएको छ ।
दुर्घटनामा बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन् ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ भने दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिएको जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका– ५ का ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । घटना’bout थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित, अर्काे बैठक १ भदौमा
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै
सरकारले आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको छ : लामिछाने






