बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

गुल्मी । गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका –६ अर्जैमा शुक्रबार बिहान लु.प. ०१–०० ख ०३५५ नम्बरको बस र लु ९ प ८१५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि मोटरसाइकल चालक मालिका गाउँपालिका–५ का ३६ बर्षिय बसन्त अर्याल र निजकी भाउजू ५६ बािषर््ाया मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । दुर्घटनामा परि मोटरसाइकलमै रहेका बालक मनकलाको नाती छ बर्षिय अनुभव गिरी र पैदल यात्री ४१ बर्षिय लिलावती अर्याल घाइते भएका छन् ।

लिलावती मालिकाकै जमरपोखरा माविको शिक्षिका हुन् । उनको तम्घास अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ भने अुनभवलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको छ । मालिका गाउँपालिका–६ राम्चेस्थित सिद्ध इङ्गिस बोर्डिङ स्कूलको बस विद्यार्थीलाई पिकनिक लिएर हिडेको थियो । बस र चालक धुर्कोट गाउँपालिका–४ निवासी चुरा बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ व्यक्ति सार्वजनिक