सप्तरी । केही दिनयता ह्याकरद्वारा राजविराजका प्रतिष्ठित व्यक्तिहरुको ह्वाट्सएप ह्याक गरि रकम ठगि गर्ने धन्दा चलाइएको छ । यसले स्थानीयको चिन्ता बढाएको छ ।
६ दिनअघि ह्याकरले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झाको ह्वाट्सएप ह्याक गरेर उनका आफन्त र इष्टमित्रलाई सन्देश पठाउँदै क्युआर कोड मार्फत ५० हजार रँपैया सापटी माग गरेका थिए ।
ह्वाटस्एपमा पठाइएको सन्देशमा “अति जरुरी काम परेकाले तत्काल ५० हजार रुँपैया पठाइदिनु, भोली फिर्ता गरिदिन्छु” भनी उल्लेख थियो ।
त्यसको ६ दिन नबित्दै शनिबार राजविराज नगरपालिकाका पूर्व मेयर गोबिन्द सिंहको पनि ह्याकरले ह्वाट्एप ह्याक गरेका छन् । उनको ह्वाट्सएपबाट पनि आफन्त र इष्टमित्रलाई त्यस्तै प्रकृतिको सन्देश पठाई ५० हजार रुँपैया क्यूआर कोड मार्फत सापटी माग गरिएको छ ।
ह्याकरले ह्वाट्सएप ह्याक गरेपछी विभिन्न बैंकको क्यूआर कोड सन्देशमा पठाएर ठगि गर्ने गरेको पाइएको छ । यस्तो ठगि धन्दाबाट झुक्किएर धेरै जना ठगिएका छन् । कतिपय पीडितले त प्रहरीमा निवेदन समेत दिएका छन् ।
पछिल्लो केही समययता ह्याकर गिरोह सक्रिय भएकाले सबैलाई सचेत रहन तथा समयमै जानकारी गराउन प्रहरीले अनुरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले केही समय यता ह्वाट्सएप ह्याक गरी ठगि गर्ने धन्दा बढेकोमा चिन्ता व्यक्त गर्दै पीडितहरुलाई ह्याकरले प्रयोग गरेका सन्देशको फोटोकपीसहित सम्पर्कमा आउन अपिल गरेका छन् । उनले मोवाइलमा आउने विभिन्न खाले सन्देश ’bout सावधानी अपनाउन समेत सर्वसाधारणसँग आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
सप्तरीमा चुलेसी प्रहारबाट आमा छोरा घाइते
यौन अपराधका तीनजना फरार प्रतिवादी पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
कारागारका भगौडा कैदी पर्सामा पक्राऊ
सिरहामा बालिका हत्या: तीन सातासम्म दोषीको पहिचान भएन
करिब ३ सय ३० किलो गाँजासहित २ जना पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
ठगीको अभियोगमा दुई जना पक्राउ






