प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने पक्का

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन् । रुकुम पूर्वका पार्टी नेता तथा कार्यकर्ताहरूको मागअनुसार प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न लागेका हुन् । प्रचण्ड यसअघि चितवन र गोरखालगायत क्षेत्रबाट निर्वाचन लड्दै आएका थिए ।

गत निर्वाचनमा उक्त क्षेत्रबाट माओवादीका पूर्णबहादुर घर्तीमगर १२ हजार २ सय ६२ मत ल्याएर निर्वाचित भएका थिए । उनलाई एमालेका कैलाशकुमार मल्लले चुनौति दिएका थिए । मल्लले ५ हजार २ सय ११ मत मात्र प्राप्त गरेका थिए । नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलको उक्त निर्वाचन क्षेत्रमा खासै प्रभाव छैन ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा