फुकरे–३ मा कोरोना भाइरसको कथा

मुम्बई । अहिले विश्व नै कोरोना भाइरस संक्रमणको चपेटामा छ । हरेक कुरामा कोरोनाको असर परिरहेका बेला फिल्ममा पनि कोरोनाका कथाहरू समेटिन थालेका छन् । अब बलिउडले पनि कोरोनाकै कथामा फिल्म बनाउने भएको छ ।

यसअघि फुकरे र फुकरे–२ निर्माण गरिसकेको टिमले फुकरे–३ को कथा परिवर्तन गरेको छ । अब यो फिल्म कोरोना संक्रमणले जन्माएको समस्यामा केन्द्रित हुनेछ । फिल्मको कथा कोरोनाकै सेरोफेरोमा हुने भएको छ । यो फिल्मका निर्देशक मृगदीपसिंह लाम्बाले आफ्नो नयाँ फिल्म फुकरे–३ को कथा कोभिड–१९ मा केन्द्रित रहने बताएका छन् ।

उनले तयार गरेको कथाबाट प्रभावित भएर फुकरे–३ मा निर्माताका रूपमा फरहन अख्तर र रितेशसिं धवानीको कम्पनी एक्सेल इन्टरटेनमेन्ट पनि जोडिएको छ । यसअघि फुकरे र फुकरे–२ बक्स अफिसमा सुपरहिट साबित भएका थिए । सोही कारण फुकरेको तेस्रो फ्रेन्चाइमा धेरैले लगानी गर्न इच्छा देखाएका हुन् ।

यो फिल्मको छायांकन कोरोनाको लकडाउन सकिएपछि गर्ने तयारीमा निर्माण पक्ष छ । आफ्नो पूर्ण हास्यप्रधान हुने यसका निर्देशक सिंहले बताएका छन् । फिल्म फुकरे–३ पनि अघिल्लो सिरिजकै कलाकारहरू पुलकित सम्राट, वरुण शर्मा, अली फजल, मनजोत सिंह र ऋचा चड्ढालगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यसको फस्ट लुक्ससमेत बनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने