इलाममा ‘निसान पदयात्रा’ आजबाट सुरु

तस्विर : गतवर्ष सञ्चालन भएको निसान पदयात्राको ।

इलाम । इतिहास संरक्षण र पर्यटन प्रवर्धनका लागि पहल थालिएको निसान पदमार्गमा आज ( पुस २३ गते बुधबार) बाट पदयात्रा सुरु हुँदैछ । नेपाल एकीकरणको बेला पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धी पछि फर्काएर राखेका स्थानहरुलाई जोडेर गतवर्ष देखि थालिएको निसान पदमार्गमा आजदेखि पदयात्राको आयोजना गरिएको हो । पदमार्गको विकासका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले यो पदमार्गलाई विशेष महत्वका साथ लिइएको बताएका छन ।

‘निसान पदमार्ग’ ऐतिहासिक मार्गका रुपमा विकास गरिने

नेपाल एकीकरणताका तत्कालीन सेनाको श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धीपछि फर्काएर राखेका स्थानलाई जोडेर निसान पदमार्ग बनाउने थालिएको र त्यसको प्रचारका लागि पदयात्रा गरिएको हो । यसका लागि पुस २३ गते (आज) नेपाल–भारत पूूर्वी सीमाना मेचीबजार देखि पदयात्राको शुुभारम्भ हुने छ ।

सूूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाले संयुक्त आयोजना गरिएको पदयात्रा इलाम स्थित नेपाली सेनाको रणसार्दुुल गणले संयोजन गरेको गणपति प्रलाद घलेले जानकारी दिए । पहिले दिन मेचिबजारबाट करफोकको पूर्णेडाँडा हुँदै निसान ल्याइएको बाटो नामसालिङ, माइबेनी हुँदै निसान राखिएको इनपा ७ को माईस्थानमा आउने छ । पहिलो दिन सुर्योदय नगरपालिकाको पुणे डाँडामा आएर बास बस्ने र दोस्रो दिन नामसालिङ आएर बस्ने र तेस्रो दिन इलाम सदरमुकाम आईपुग्ने र २६ गते समापन कार्यक्रम रहेको इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

श्रीनाथ पल्टनले भारतको नागरीगढीबाट फर्काएको निसानलाई करफोकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास छ । सुरक्षाका कारण त्यहाँबाट पनि नामसालिङको हात्तीटारमा निसान सारिएको थियो । पछि इलामको माइस्थानमा ल्याएर स्थापना गरिएको निसान सशस्त्र द्वन्द्वको समयमा काठमाडौं लगियो । पछि, पुनः माइस्थान मन्दिरमै स्थापना गरिएको छ । पदमार्ग निर्माण भएपछि इलाम भित्रिने पर्यटकका लागि यो पदमार्ग एउटा गन्तव्य हुने माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको भनाइ छ ।

नेपाल एकीकरण गर्दै जाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भयो । नेपाल एकीकरण गर्दै जाँदा नेपाली सेनाका तत्कालीन श्रीनाथ सिंह पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाडेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो । सुगौली सन्धिसँग जोडिएको नेपालको इतिहासलाई पर्यटन प्रवद्र्धनमा जोड्न ‘निसान पदमार्ग’ निर्माण थालिएको छ ।

ऐतिहासिक निसान ल्याएको र इलाम सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरपालिकाले महोत्सवसमेत आयोजना गरेको थियो । निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थाकथलोको इतिहास झल्काउने, नेपालको पुरातात्विक सम्पदा’bout नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् । अङ्ग्रेज–नेपाल युद्धपछि विस १८७२ फागुन २० मा भएको सुगौली सन्धिपश्चात नेपाली सेनाले इलाम सदरमुकामसम्म निसान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी पदमार्गको रुपमा प्रवद्र्धन र विकास गर्न थालिएको हो ।

भारतको मिरिकस्थित नागरीगढीदेखि करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भूभागको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ का रुपमा विकास गर्न लागिएको छ । ‘पदमार्गले हुने सूर्योदय र इलाम नगरपालिका एवम् माइजोगमाई गाउँपालिकाको समेत पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निसान ल्याउँदा प्रयोग भएको मार्गलाई ‘निसान पदमार्ग’ रुपमा विकास गर्न आ–आफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गरी विकास गर्ने सहमति भएको छ ।

इलामको ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले निसान पदमार्गलाई विकास गर्न खोजिएको हो । इतिहासको संरक्षणमा ठोस योगदान पुग्नुका साथै इलाम बासीको धार्मिक र साँस्कृतिक आस्थाको केन्द्रको रुपमा रहेको माइस्थान मन्दिर क्षेत्रको महत्वका साथै समग्रमा इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनेछ ।

तत्कालिन अंग्रेज–नेपाल युद्धपछि विस १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । त्यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भएको थियो ।

सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिर ल्याइएको इतिहास छ । माईस्थान मन्दिर विस १८८० मा स्थापना भएको अनुमान छ । निसान हाल सोही मन्दिरमा संरक्षण गरी राखिएको छ । निसान पदमार्ग करिब ४१.१ किलोमिटरको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु