कर्णाली मन्त्रिपरिषद् बैठकः स्थानीय अस्पताललाई सुदृढीकरण गर्न तीन करोड बजेट निकासा गर्न अख्तियारी

सुर्खेत । कर्णाली सरकारले प्रदेश मातहतको अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रका स्वास्थ्य संस्था सुदृढिकरणका लागि तीन करोड बजेट अख्तियारी दिने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लाका तीनवटा स्वास्थ्य संस्थाहरुका लागि बजेट अख्तियारी प्रदान गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित सालकोट अस्पताल, दैलेखको दुल्लूस्थित दुल्लू अस्पताल र जुम्लाको हिमा गाउँपालिकास्थित कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका स्तरोन्नतिका लागि सम्बन्धित स्थानीय तहलाई एक–एक करोड बजेट पठाउन लागेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

साथै बैठकले इलाका प्रहरी कार्यालय राकमकर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रियसभाको अधिवेशन आजदेखि