शान्त माविलाई दोहोरो उपाधि

पोखरा । शान्त मावि, पोखराले सातौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा यसपालि पनि दोहोरो उपाधि जितेको छ ।

पाँचौंमा छात्रातर्फ उपाधि जितेको शान्तले गत संस्करणमा पनि दोहोरो उपाधि जितेको थियो । बिहीबार फाइनलमा छात्रतर्फ गौरीशंकर माध्यमिक विद्यालय, हेमजा र छात्रातर्फ कन्या मावि, नदीपुरलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

विजेताले छात्र तथा छात्रा दुवैतर्फ १ लाख र उपविजेताले ६० हजार रूपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । छात्रतर्फ माछापुच्छ«े मावि, सार्दीखोला र छात्रातर्फ कालिका मावि, रामबजार तेस्रो भए । उनीहरुले ३५ हजार पाए ।

वेस्ट प्लेयरमा शान्तकै अपेक्षा सुनार र समीर विक घोषित हुँदै जनही ५ हजार पाए ।

शान्तकै दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक बने । साथै, विधागत उत्कृष्टलाई पनि भलिबल प्रदान गरिएको पूर्वअध्यक्ष मीनप्रसाद भट्टराईले बताए ।

छात्रातर्फ वेस्ट स्पाइकर सञ्जिता फगामी (कन्या), वेस्ट ब्लकर सृजना दर्जी (कालिका), वेस्ट सर्भर पृथ्वी गाहा (शान्त), वेस्ट सेटर सृजना श्रेष्ठ (शान्त), वेस्ट डिफेन्डर स्मारिका राना (कालिका मावि) घोषित भएका हुन् ।

छात्रतर्फ वेस्ट स्पाइकर रिजन विक (गौरीशंकर), वेस्ट ब्लकर निश्चल विक (शान्त), वेस्ट सर्भर रोशन विक (गौरीशंकर), वेस्ट सेटर रोहन तामाङ (माछापुच्छे«े) र वेस्ट डिफेन्डर ईश्वर तामाङ (माछापुच्छे«) घोषित भए ।

सृजना विकास केन्द्रले आयोजना गरेको प्रतियोगितामा कक्षा १२ सम्मका छात्रछात्राले भाग लिएका थिए । जसमा छात्रतर्फ १६ र छात्रातर्फ ७ टिम सहभागी रहेको संस्थाका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए ।

विजयीलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पुरस्कार वितरण गरे ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२