ओमानको शतप्रतिशत जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले शतप्रतिशत जित हात पारेको छ । मंगलबार अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा शतप्रतिशत जित निकालेको हो । ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले तथा दोस्रो खेलमा ८ विकेटले हराएको थियो । पहिलो खेलमा अमेरिकालाई ओमानले ६ विकेटले हराएको थियो ।

ओमानले दिएको २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ३९ ओभर १ बलमा अल आउट हुँदै १ सय ८४ रन मात्र बनाउन सक्यो । ओपनर मोनक पटेल र स्टिभ टेलरलाई शून्यमा आउट भए । जेभियर मार्सलले २३ रन जोडे । इयान होल्यान्ड २८ रनमा पेभेलियन फर्किए ।

विकेटकिपर अक्षय होमराजलाई ७ रनमा बोल्ड आउट भएपछि अमेरिका २०औं ओभरमा ७९–५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि निसरग पटेल र आरोन जोन्सले ७० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । पटेल ५२ रनमा क्याच हुन पुगे । जोन्स ४७ रनमा अविजित रहे । विलाल खान र अकिब इलियासले समान ३–३ विकेट लिए । जिसान मकसुद २ तथा र मोहम्मद नदिमले १ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनाएको थियो । कप्तान जिसान मकसुद १ सय ९ रनको तथा उपकप्तान अकिब इलियासले १ सय ५ रनको शतकीय योगदान दिए । तेस्रो विकेटका लागि जिसान र अकिबले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि ओमान विशाल योगफलतर्फ अघि बढेको थियो । ओपनर खावर अली १० रनमा क्याच आउट भए । अर्का ओपनर जतिन्दर सिंह ९ रनमा तथा मोहम्मद नदिम ५ र सन्दीप गौड १३ रनमा आउट भए । सौरभ नेत्रवालकर र रस्टी थेरनले समान ३–३ विकेट लिए ।

जारी सिरिजको अन्तिम खेल नेपाल र अमेरिकाबीच आज बुधबार त्रिविवि क्रिकेट मैदानमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर