बन्दसूचीबाट नाम फिर्ता लिन एमालेका ३ सहित ५० जनाको निवेदन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेकामध्ये ५० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । नेकपा एमालेका ३ जनासहित अहिलेसम्म ५० जनाले बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

एमालेका खसआर्य तर्फ नाम समावेश भएका ठाकुर प्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिह, आदिवासी जनजातीतर्फ विजयसिह लामाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

यस्तै राप्रपाबाट ताराकुमारी माझी र जनमत पार्टीको खसआर्यबाट प्रेम प्रसाद आचार्यले नाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान