एन्फा निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया तत्काललाई रोक्न अदालतले आदेश दिएको छ।

निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै अमित खत्रीले दायर गरेको रिटका पक्षमा न्यायाधीश कृपासुर कार्कीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

यस्तै अदालतले माघ ६ गते दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ। त्यो दिन दुवै पक्ष सहभागी भएपछि एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढ्ने नबढ्ने टुंगो लाग्नेछ।

त्यो अवधिसम्म यसअघिको सूचना अनुसार उम्मेदवारी दर्ता फारम बुझ्ने लगायतका निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन अदालतले भनेको हो।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२