काठमाडौं । सन्दीप लामिछाने र सुशन भारीले घातक बलिङ गरेपछि जारी आईसीसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले अमेरिकालाई ३५ रनमा सीमित ग-यो । विश्व प्रतियोगितामा सम्भवतः यो नै थोरै रन स्कोर हो ।
अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाउँदा ३५ रन मात्र जोड्न सफल भयो । अमेरिकाको तर्फबाट सुरुवाती ब्याट्सम्यान जेभियर मार्सलले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सुसनले जेभियर, एरोन जोन्स, स्टभिन्सन, थेरोनको विकेट लिएका थिए भने सन्दीपले होल्यान्ड, मोनाक दिलिपभाइ पटेल, अक्षय होमराज, तिमिल कौसिक पटेल र नोस्तुस प्रदीप कान्जीजको विकेट लिएका थिए ।
ओमानलगायत त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपाल र अमेरिकाले यतिबेला त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल्दैछन् ।
तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)