तीनपोखरी कप आमन्त्रित फुटबलः मकालु र सेकाहाबीच उपाधि भिड्न्त

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा सेकाहा फाइनल प्रवेश गरेको छ । खाँदबारी रंगशालामा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगितामा सेकाहा फाइनल प्रवेश गरेको हो ।

आज भएको खेलमा सित्तलपाटी फुटबल क्लवलाई हराउँदै सेकाहा सामुदायिक विकास क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सित्तलपाटी फुटबल क्लवलाई ५–४ गोल अन्तरले हराउँदै सेकाहा उपाधी नजिक पुगेको हो । माघ १ गते खाँदबारी रंगशालामा हुने फाइन खेलमा उपाधीका लागि मकालु फेन्डस क्लव र सेकाहा सामुदायिक विकास क्लव बिच प्रतिस्पर्धा हुनेछ ।

निर्धारित समय कुनै गोल हुन नसकेपछि ट्राइबेकरमा ५–४ गोल अन्तरले सित्तलपाटीलाई हराउँदै सेकाहा उपाधी नजिक पुगेको हो । माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता माघ १ गते समापन हुनेछ ।

प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताए ।

प्रतियोगिताको विजयी टिमलाई नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र, उपविजेतालाई नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडीको ४० हजार रुपैयाँको विमा समेत गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर