‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक

काठमाडौं । माघे सक्रान्तिको अवसर पारेर विहीबार नेपाली चलचित्र ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर…’को भिडियो सार्वजनिक गरिएको छ । अभि सुनारको शब्द संगीत रहेको यो गीतमा किरण परियारको स्वर रहेको छ । गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् ।

गीतको भावले परदेशिन लागेको अवस्थालाई दर्साएको छ । यो गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तले अभिनय गरेका छन् ।

यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रको कथा तथा पटकथा पनि उनी स्वयले लेखेका हुन् । चलचित्रमा कोशिस क्षेत्री र थानेश्वर गौतमको संगीत छ । जसमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी, नवराज उप्रेतीको डिओपी, अभिमन्यू निरवी संवाद रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्रलाई कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले निर्माण गरेका हुन् । जसमा करण सिंह रसाइली कार्यकारी निर्माता छन् । जसमा सम्पादन मिलन श्रेष्ठको र ट्रेलर तथा टिजर सम्पादन साहिल खानको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

हज्जारौंको सहभागितामा राजविराजमा रथयात्रा