काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्ने बताएका छन । बिहीबार बसेको सचिवालय बैठकमा सभापति लामिछानेले उक्त कुरामा जोड दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन ।
उनका अनुसार, सभापति लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निस्किएका निष्कर्ष’bout पनि बैठकमा जानकारी गराएका थिए ।
‘खासगरी सर्वदलीय बैठकमा भएका छलफल, त्यसबाट निकालिएका निष्कर्ष’bout पनि जानकारी गराउनुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता खरेलले भने, ‘सर्वदलीय बैठकमा जुन ऐक्यबद्धता व्यक्त गरिएको छ । सभापति लामिछानेले उहाँहरू सबैलाई धन्यवाद दिनुभएको छ ।’
उनले बैठक’bout जानकारी गराउँदै थप स्पष्ट पारे, ‘हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा जोड दिनुभएको छ ।’
सम्बन्धित समाचार
असोजमा १५औँ महाधिवेशन गरे कांग्रेस विभाजन हुन्छः शंशाक
आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति
कांग्रेसभित्र एकताका लागि गगन थापासँग संवाद गर्ने देउवाको संकेत
एमाले अन्तरकलहः मिल्ने छाँट छैन, फुट्ने आँट छैन
फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’
रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने
प्रधानमन्त्री बाढी प्रभावित विदुरमा
प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद् सम्बन्धमा सभामुखले विशेष प्रस्ताव पेस गर्ने






