काठमाडौं । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिइन् ।
‘ती नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ,’ उनले भनिन् ।
यसैगरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पामा आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर जिल्ला आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी गरिन्छ सिकार ?
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने






