काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुबास चौलागाईं रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनले भने, ‘टोखा नगरपालिका–७ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित निज चौलागाईँलाई पक्राउ गरिएको हो ।’
प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)







