गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं । सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरेको छ ।

वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज शिवपुरी गाउँपालिका– ७ सुइरेचौर, नुवाकोटमा आयोजित एक समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार एक र सम्मानपत्र रहेको छ ।

यस्तै, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ । हमाललाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा पत्रकारितामार्फत गरेको योगदान र मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा पु-याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यो पुरस्कारको राशि जनही रु १५ हजार एक र सम्मानपत्र रहेको छ ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवबाट वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’ प्रदान गरियो ।

समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको उक्त पुरस्कार प्रदान तथा सम्मान समारोहमा पूर्वराष्ट्रपति यावदले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भूमिका अझै बढेर गएको बताए । उनले वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गरे ।

समारोहमा सम्मानित व्यक्ति आचार्यले पत्रकार सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिँदै कोही रिसाउला भनेर सत्य लुकाउन नहुने बताए । अर्का सम्मानित व्यक्ति वस्तीले हाल पत्रकारितामा महत्त्वपूर्ण सूचना र तथ्यहहरू ख्याल ठट्टाको विषय बन्न पुगेको भन्द चिन्ता व्यक्त गरे । उनले पहिले स्रोतमा पत्रकारको मात्रै पहुँच हुँदा समस्या नहुने गरेको तर हाल स्रोतमा सबैको पहुँच पुगेकाले पत्रकारितामा चुनौती बढेको धारणा राखे ।

पुरस्कृत व्यक्तिहरूका तर्फबाट बोल्दै रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा नेपालले पत्रकारिताको स्तर खस्किँदा समाजमा असर गर्ने भएकाले यसलाई आलोचनाभन्दा पनि स्तर सुधारका लागि भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश