एन्फा निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले यसअघि दिएकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय आइतबार सुनाएको हो।

आइतबार अन्तरिम आदेश दनिुअघि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रकृया सम्बन्धी सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेलसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

यसअघि एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रुपेश अधिकारी र रविन्द्र चन्दले दिएको रिटमा सुनुवाइ गर्दै एन्फाको निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको थियो।

रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको छ।

अदालतले १५ दिनभित्रमा विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल