भरतको ५० गोल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्डसमेत रहेका विभागीय त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले नेपाली शीर्ष श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोलको आँकडा पार गरेका छन् । मंगलबार ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलमा १ गोल गोल गर्दै भरत लिगमा ५०औं गोल गर्ने आठौं खेलाडी बनेका हुन् ।

सन्तोष साहुखल (१०३), वसन्त थापा (८१), रमेश बुढाथोकी (६१), सुरेन्द्र तामाङ (५६) गणेश लावती (५३), जिवेश पाण्डे (५१) र अनिल गुरुङले आधुनिक लिगमा ५० गोलको आँकडा पार गरेका छन् । नेपाली राष्ट्रिय टोलीका पुर्व फरवार्ड तथा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले यसै सिजनमा १ सय गोलको आँकडा पार गरेका थिए । उनी विभागीय नेपाल पुलिस क्लबविरुद्धको खेलमा २ गोल गर्दै आधुनिक लिगमा १ सय गाल पार गर्ने पहिलो खेलाडी बनेका थिए ।

मंगलबार बीबीसीविरुद्ध खेलको पाँचांै मिनेटमा जर्जप्रिन्स कार्कीको पासमा हेडर गोल गर्दै उनले आफ्नो खेल जीवनको ५० गोलको कोसेढुंगा हासिल गरेका हुन् । भरतको गोलसँगै आर्मीले उक्त खेल ३–० ले आफ्नो पक्षमा पार्दै उपाधि यात्रा बलियो बनाएको छ ।

एन्फा एकेडेमीको दोस्रो ब्याचका उत्पादन भरतले २०६३ मा संकटाबाट खेल्दै व्यावसायिक लिगको सुरुवात गरेका थिए । उनले सरस्वती युथ क्लबविरुद्ध ५–० ले जित निकालेको खेलमा गोल गर्दै ‘ए’ डिभिजनमा गोलको खात खोलेका थिए । त्यसयता उनले फ्रेन्ड्स र पुलिसबाट एक÷एक सिजन खेल्दै आर्मीमा आबद्ध हुन पुगेका थिए । उनले आर्मीबाट योसहित चार सिजनको लिग खेलेका छन् ।

उनले आफ्नो ५०औं गोल श्रीमती रुमु अवाले खवास र छोरी स्वर्णिका अवासलाई समर्पण रहेको बताए । ‘लिगमा श्रीमती र छोरी सबै खेलमा आउने गथ्र्ये । आज बिहानै खेल परेकाले लिएर आउने कोही नभएपछि आजको यो महत्वपूर्ण क्षणमा उपस्थित हुन सकेनन्, दुःख लागेको छ ।

सायद छोरी आएको भए आज उनलाई खेल मैदानमैं लिएर समर्पित गर्थें तर त्यो हुन सकेन ।’ ५० गोल पूरा गरेपछि खवाले भने, ‘‘खेलमा गोल गर्न आफैंमा गाह्रो हुन्छ तर टोली, कोचिङ स्टाफ, म्यानेजमेन्ट र फुटबलप्रेमीको मोटिभेसन र सहयोगले नै यो सम्भव भएको हो ।

म मेरा पूर्वक्लबको व्यवस्थापन र आर्मीको व्यवस्थापनसँगै खेलाडी टोलीलाई धन्यवाद दिन चहान्छु ।’ उनले लिगमा ५० गोल उनको अन्तिम नभई, १०० गोल गर्नु मुख्य लक्ष्य भएको उनले बताए । ‘सन्तोष (साहुखल) दाइले १ सय गोल पूरा गर्नुभयो । मलाई थाहा छ, त्यो भेट्न निकै गाह्रो छ । तर, पनि म त्यो लक्ष्य हासिल गर्ने कोसिस गर्नेछु ।

मेरो अर्को लक्ष्य आर्मीलाई लिग च्याम्पियन बनाउनु र राष्ट्रिय टोलीबाट नेपाली पुरुष खेलाडीले बनाएको १३ गोलको कीर्तिमान तोड्नु हो । १४ गोल गर्ने वा टोलीलाई लिग च्याम्पियन बनाउनेमध्ये कुन लक्ष्य बढी महŒवपूर्ण भन्ने जिज्ञासामा उनले यसपटक आर्मीलाई लिग जिताउने र त्यसपछि राष्ट्रिय टोलीको सर्वाधिक गोल गर्ने कीर्तिमान तोड्ने बताए । निराजन रायमाझी र हरि खड्काले नेपालका लागि सर्वाधिक १३ गोल गरेका छन् । भरतको नाममा १० गोल रहेको छ । ‘मान्छेलाई पूर्ण सन्तुष्टि भन्ने कुरा त हुँदैन । ५० गोल मेरो मुख्य लक्ष्य होइन ।’ मेरो लक्ष्य राष्ट्रिय टोलीको १३ गोल तोड्ने हो । बीचमा आर्मीको तालिमका कारणले पनि खेल्न सकिनँ । त्यसले अलिक गाह्रो भयो ।’ भरतले त्यो रेकर्ड तोड्नेमा आत्मविश्वासी छु ।’ कप्तान भरतले भने, ‘एकपटक आर्मीलाई च्याम्पियन बनाउन पाए मेरो सपना पूरा हुने थियो । यसपटक हामी उपाधिका लागि खेलिरहेका छौं । उपाधि जित्नका लागि हामी हरसम्भव प्रयास गरिरहेका छौं । त्यसका लागि म पनि आफ्नो शतप्रतिशत दिनेछु ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो ब्याचका उत्पादन भरतले २०६३ सालमा संकटा क्लबबाट ए डिभिजन लिगको यात्रा थालेका थिए ।

खेलाडीका लागि सबैभन्दा ठूलो दुस्मन चोट नै भएको बताउँदै उनले बीचमा आफूले पनि चोटकै कारणले धेरै खेलमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको र केही खेल छुटाउनुपरेको उनले बताए । ‘सबै खेलमा गोल गर्न सकिँदैन भन्ने थाहा छ, तर थप मेहनत गरिराख्नुपर्छ र गरिरहन्छु,’ उनले भने । उनले कहिले हात भाँचिएर लामो समय स्टिल राखेर पनि खेले भने कहिले खुट्टाको अप्रेसन त कहिले टाउकोमा टाँका लगाउनुपरेको थियो । यी चोटका कारण पनि आफू अलि पछि परेको उनको अनुभूति छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्