बारा । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले राजनीतिक दलको मनोनयन दर्ता गर्न समय निर्धारण गरेको छ । विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरूलाई मनोनयन दर्ता गर्न समय निर्धारण गरिएको हो ।
विभिन्न राजनीतिक दलहरूसँगको छलफल पछि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको माग बमोजिम मनोनयन दर्ताको समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी गराएका छन । भयरहित मनोनयन दर्ता प्रक्रिया सम्पन्न गराउन समय निर्धारण गरिएको उनले बताए ।
माघ ६ गते मनोनयन दर्ता प्रक्रिया बिहान १० बजे देखि ५ बजे सम्म हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।
जनमत पार्टी बिहान १० बजे, नेपाल जनता पार्टी १० बजेर १५ मिनेटमा, चन्द्र प्रकाश सुवेदी ( स्वतन्त्र) १० बजेट ३० मिनेट, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) १२ बजे, मंगोल नेशनल अर्गनाईजेशन १२ बजेर ३० मिनेट, नेपाली काङ्ग्रेस १ बजे, नेकपा एमाले २ बजे, राष्ट्रिय स्वतन्त्र पार्टी २ बजेर १५ मिनेट, जनता समाजवादी पार्टी २ बजेर ३० मिनेट, आम जनता पार्टी ३ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी ३ बजेर १५ मिनेट, नेपाल लोकतान्त्रिक पार्टी ३ बजेर ३० मिनेट बाकी सबै स्वतन्त्र उम्मेदवारहरुले बिहान १० देखि ५ बजे भित्र आफ्नो मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले विज्ञप्ति जारी गरेको छ ।







