शैक्षिक शहिद खनालको स्मृतिमा मानवसेवाका आश्रितलाई भोजन

वीरगन्ज । मधेशका सच्चा मशिहा भन्दै डेडदशक अगाडी यो भूगोलमा जन्मिएका भूमिगत सशस्त्र समूह मध्ये ‘मधेशी मुक्ति टाइगर’ का कार्यकर्ताले १८ वर्ष अगाडी गुड्दै गरेको बसमा आगो लगाएर धेरैको ज्यान लिएका थियो । सो घटनामा बसभित्रै जलेर ज्यान गुमाउने मध्ये ‘वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका उप–प्राध्यापक मुकुन्द प्रसाद खनाल’ पनि थिए ।

पूर्वबाट पश्चिम तर्फ गुड्दै आएको बस बारा जिल्लाको पथलैया पूर्व–निजगढ पश्चिम पसाहा खोला छेउ जंगलमा आइपुग्दा सशस्त्र समूहका कार्यकर्ताले हतियार देखाई अचानक बसमा आगो लगाएका थिए । स्थानीय संचार माध्यममा फोन गरी सो घटनाको स्वयम् भूमिगत समूहका कार्यकर्ताले पनि जिम्मा लिएका थिए । पछि प्रहरी अनुसन्धानले पनि त्यही पुष्टि गरेको थियो । आतंककारीभन्दा पनि विभत्स ढंगले जीवित मानिसलाई बसमा नै आगो लगाई बाहिर निस्कन पनि नदिई हत्या गरेको दिन ‘२०६४ साल माघ ४ गते’ बेलुका थियो ।

नेपाल सरकार मन्त्रि परिषद्को २०६५ साल कार्तिक ८ गते बसेको बैठकले स्व.खनाललाई शैक्षिक शहिद घोषणा गर्ने निर्णय ग¥यो । त्यो निर्णयका आधारमा पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले परिवारजनलाई शिक्षक शहिद भएको प्रमाणित २०६६ पुस १७ गते गरी दिए । हा,े उनै शिक्षक शहिदका नाममा २०७९ साल चैत १३ गते शैक्षिक शहिद स्व.मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान स्थापना भई माघको पहिलो साता वीरगन्जमा विभिन्न सामाजिक कार्य गर्न थालेको छ ।

आइतबार पनि स्व.शहिद खनालको स्मृतिमा प्रतिष्ठानले वीरगन्जस्थित मानव सेवा आश्रममा रहेका ५० जना आश्रितलाई साँझको खाना खुवाई सामाजिक कार्य गरेको छ । आगामी बुधबार पनि स्थानीय शुक्रराज शास्त्री प्रा.वि.का ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष मुन्ना खनालले बताइन् । अध्यक्ष मुनाकै अध्यक्षतामा मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ ।

सो कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय, सल्लाहकार ठाकुरराम बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख प्रमोद कुशवाहा, समाजसेवी प्रेमशंकर सिंह, नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर, अमरटोल सुधार समितिका अध्यक्ष सन्जय पटेल, मानवसेवा आश्रम वीरगंजका प्रमुख देवेश गुप्ता, समाज सेवीहरु रितेश गुप्ता, अरुण पुरी, संचारकर्मी युवराज खड्का, बिकन मा.वि.का प्रधानाध्यापक जय कुमार दनुवार, प्रतिष्ठानका सदस्यहरू श्रवण बहादुर रायमाझी, नवराज भट्टराई, पत्रकार सूर्य बिक, नेहा मिश्रा तथा सुभास सिंह लगायतको सहभागितामा विविध कार्यक्रम गरिदै आएको प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्काले बताए । व्लड डोनेशन, गरिबलाई कपडा वितरण, मानव सेवा आश्रमका विपन्नलाई खाना खुवाउने लगायत कार्य गरिरहेको उनको भनाइ छ ।

प्रतिष्ठानले छोटो समयमा शिक्षा, स्वास्थ्य लगायत समाजिक सेवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै निकै सकारात्मक कार्य गर्दै जाने प्रतिष्ठानका सचिव लाल बाबु सिंहले बताए । प्रतिष्ठानका अध्यक्ष एवं शैक्षिक सहिद खनालको जेष्ठ सुपुत्री मुना खनालले बुबाको स्मृतिमा मानवताको बलियो उदाहरण दिई सेवाभावकै कार्यक्रम गर्दै अगाडी बढ्ने उनको भनाइ छ । पच्छिल्लो वर्ष पनि स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिएको उनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु