गुल्मीको खोल्टेपानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । गुल्मीको रुरु गाउँपालिका–१ खोल्टेपानीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट मलामी बोकेर घाटतर्फ गइरहेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको हो ।

घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको र दुर्घटनाको कारण’bout थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु