प्रसिद्ध मार्सल आर्ट अभिनेता ब्रुस लेउङको निधन, २६ जनवरीमा अन्त्यष्टि

लस एञ्जलस् । प्रसिद्ध चिनियाँ, हलिउड अभिनेता ब्रुस लेउङ अब हामी माझ रहेनन् । मार्सल आर्ट चलचित्र ‘कुङ फु हसल’ का खल अभिनेता ब्रुसको ७७ वर्षको उमेरमा निधन भएको हो । ब्रुस लेउङको निधनलाई हलिउड तथा चिनियाँ चलचित्र उद्योगले कुङ फु चलचित्र युगको एउटा दुःखद क्षतीको रूपमा लिएका छन् । उनलाई लेउङ सिउ–लुङको नामले पनि चिनिन्थ्यो ।

निधनपछि उनको परिवारले अन्त्येष्टिको तयारी गर्दै छन् । अभिनेता ब्रुसको २६ जनवरीमा चीनको शेन्जेन स्थित लङगाङ जिल्लामा आयोजना गरिने भएको छ । ब्रुस लेउङ धेरै मार्सल आर्ट चलचित्रहरूमा आफ्नो अद्धितीय चरित्रका कारण लोकप्रिय थिए ।

सन १९७० को दशकदेखि नै चिनियाँ चलचित्रबाट उदाएका उनी १९७७ को चलचित्र ‘द ड्र्यागन लाइभ्स अगेन’बाट हलिउडमा समेत लोकप्रिय बनेका थिए । त्यसपछि १९७८ को ‘म्याग्निफिसेन्ट बडीगाड्र्स’मा उनले उनले ज्याकी च्यानसँग अभिनय गरेका थिए । यसपछि उनले लगातार सफल चलचित्र दिए ।

२००४ मा, उनले स्टीफन चाउसँग ‘कुङ फु हसल’मा निर्वाह गरेको खलनायकको चरित्र साँच्चै प्रभावशाली थियो । केही समयको ब्रेकपछि यो भूमिकाले उनलाई चलचित्रमा फेरी पुनरागमन गराएको थियो । त्यसपछि उनले असल र खल दुवै चरित्रलाई निरन्तरता दिँदै आएका थिए । चिनियाँ मुलको कथामा आधारित चलचित्र निर्माण गर्दा हलिउडमा ज्याकी च्यानसँगै प्रतिस्पर्धी भूमिकामा अभिनेता ब्रुस लेउङ प्रस्तुत गरिँदै आएको थियो ।

यसैबिच लेउङको सामाजिक सञ्जालमा भावनात्मक बिदाइ सन्देश प्रस्तुत गर्दै परिवारले उनको अन्त्यष्टी २६ जनवरीमा गर्ने जनाएका छन् । यसैबिच यी अभिनेताको चाहना अनुसार उनको निधनपछि सामाजिक सञ्जालमा लेखिएको छ ,‘म चलचित्र बनाउन धेरै टाढा गएको छु । बिदाइ नगरी गएकोमा मलाई माफ गर्नुहोस्, बुझ्नुहोस् कि म चलचित्रको छायांकन गर्न टाढा छु ।’

उनको भावना अनुरूप सामाजिक सञ्जालमा अगाडि लेखिएको छ,‘मैले यसलाई गोप्य राख्न चाहेको थिएँ, त्यसैले मेरो नजिकको शिष्यले सधैँ जस्तै भिडियो पोस्ट गर्न जारी राखे। मलाई थोरै रहस्य कायम राख्न मन पर्छ र तपाईँहरू खुसी रहनुहोला, साथै माया सधैँ तपाईँहरूसँग हुन्छ। सम्झनुहोस् कि म तपाईँहरू सबैलाई माया गर्छु ।’

दिवंगत अभिनेता ब्रुस लेउङका प्रिय साथी तथा हलिउडका अर्का प्रख्यात अभिनेता ज्याकी च्यानले पनि सामाजिक सञ्जालमा दिवंगत यी अभिनेताको निधनमा शोक व्यक्त गरेका छन्, उनले लेखेका छन्, ‘एक क्षणको लागि, म विश्वास गर्न सकिन, र म विश्वास गर्न चाहन्न थें। उहाँ सधैँ कुङ फुका मास्टर हुनुहुन्थ्यो, परम्परागत मार्सल आर्टका धेरै रूपहरूमा निपूर्ण हुनुहुन्थ्यो,’ उनले अगाडि लेखेका छन्, ‘प्रत्येक चलचित्रमा आफ्नो अद्वितीय शैली व्यक्त गर्न सक्षम हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभरको ज्ञान चलचित्र र टेलिभिजनमा लागू गर्नुभयो र एक उत्कृष्ट एक्सन अभिनेता बन्नु भयो ।’

अभिनेता ज्याकीको भनाइमा उनले एक अभिनेताको रूपमा धेरै क्लासिक भूमिकाहरूलाई जीवन्त तुल्याएका थिए । ज्याकी च्यानले लेखेका छन्,‘ उनको भूमिकामा दर्शकहरूले गहिरो रूपमा प्रशंसा गरे र हामी जस्ता साथी कलाकारहरूले प्रशंसा गरे । भाइ लेउङ, बेइजिङमा हिउँ परिरहेको छ। आकाश उदास छ, र म तपाईँसँग बिताएको पलहरूको ’boutमा अहिले निकै भावुक र उदास भएर सोचिरहेको छु ।’

अभिनेताको निधनमा शोक व्यक्त गर्दै, ‘कुङ फु हसल’का निर्देशक तथा अभिनेता स्टीफन चाउले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, ‘लेउङ सिउ–लुङलाई म सधैँ सम्झनेछु ।’

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल