हुवावे प्रान्तका सिनेमा हलमा जान थाले दर्शक

फिल्म हलको बक्स अफिसमा टिकट लिँदै दर्शक

बेजिङ । विगत पाँच महिनादेखि कोरोनाका संक्रमणको पीडा भोगिरहेको चीनको हुवावे प्रान्तका बासिन्दाहरू बिस्तारै सामान्य जीवनमा फर्कदै छ । यसै क्रममा त्यहाँका बासिन्दाहरू सामाजिक दूरी कायम गर्दै सिनेमा हलमा जान थालेका छन् ।

त्यहाँ डेढ महिनाअघि नै सिनेमा हल खुला गरिएको थियो । सिनेमा हलमा एक सिट छाडेर चार फिटको दूरीमा सुरक्षितसँग बसेर सिनेमा हर्ने व्यवस्थासमेत गरिएको थियो । सुरुमा दर्शकहरू हलमा नआउँदा हल सञ्चालक निकै निराश भए । तर, उनीहरूले हिम्मत हारेनन् । विभिन्न अफरहरू दिएर दर्शकलाई हलसम्म आकर्षण गर्न थाले । सिनेमा हललाई पूर्ण सेनेटाइज गरेर सामाजिक दूरी बनाउँदै फिल्म हेर्ने व्यवस्था सुरु गरेपछि हुवावे प्रान्तका चलचित्र घरमा दर्शक जान थालेको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको छ । तर, चीनमा भने सुरुको तुलनामा यो संक्रमण निकै घटेको छ । त्यहाँ अत्यन्त कम संक्रमित देखिएका छन् । हुवावे प्रान्तको जीवनशैली बिस्तारै सामान्य बनिरहेको छ । यसै क्रममा दर्शकलाई हलसम्म ल्याउन राम्रा सिनेमा ल्याएर हल सञ्चालकले आर्थिक जोखिम मोल्दै रिलिज गर्न थालेका छन् ।

तनाव र त्रासमा रहेका दर्शकलाई अहिलेको अवस्थामा मनोरञ्जन दिन सकिएन भने उनीहरू सिनेमाबाट टाढा भाग्नेछन् भन्ने निष्कर्षसहित सिनेमा हल सञ्चालकले पूर्ण सावधानी अपनाएर सिनेमा हल सञ्चालन गरेका छन् । दर्शकलाई पनि सुरक्षाको अनुभूति हुन थालेपछि उनीहरू बिस्तारै सिनेमा हलमा आउन थालेका पनि सञ्चार माध्यमले जनाएका छन् । सरकारले पनि सिनेमा हललाई सञ्चालनमा प्रोत्साहन गरिरहेको छ ।

सिनेमा हल खुलेको केही दिन त हलमा दर्शकहरू पटक्कै देखिएनन् । एउटा पनि टिकट बिक्री भएन । तैपनि आफूहरू निराश नभई हल सञ्चालनमा ल्याएको र बिस्तारै दर्शक आउन थालेको हल सञ्चालकले बताएका छन् । त्यहाँको साइजिङ ग्लोबल डटकमका अनुसार आइतबारबाट हुवावे प्रान्तमा ५ सयभन्दा बढी सिनेमा हल सञ्चालनमा आएका छन् । जहाँ दर्शकहरूको उपस्थित राम्रो पाइएको छ । चीनको हुवावे प्रान्तमा नयाँ सक्रमितको संख्या शून्यमा झरेपछि र सिनेमा हलमा कोरोनाविरुद्ध पूर्ण सुरक्षा व्यवस्था गरेपछि दर्शक हलमा आउन थालेका छन् । यो आफूहरूका लागि सुखद खबर भएको सिनेमा हल सञ्चारकहरूको कथन छ । धेरै दिनपछि फेरि पपकर्न खाँदै थिएटरमा सिनेमाको मजा लिन पाउँदा खुसी लागेको दर्शकहरूको प्रतिक्रिया छ ।

साइजिङ ग्लोबल डटकमका अनुसार चिनमा अहिलेसम्म ८० प्रतिशत सिनेमा घरहरू खुली सकेका छन् । बक्स अफिसमा कलेक्सन पनि ६० प्रतिशतभन्दा माथि हुन थालेको छ । बिदाको दिन आइतबार ७५ प्रतिशतसम्म व्यापार भएको त्यहाँका हल सञ्चालकहरूले बताएका छन् । बक्स अफिसमा बिस्तारै सुधार देखिएको छ । यसलाई आफूहरूले कोरोनासँग जित्दै गएको महसुस गरेको त्यहाँका मल्टिप्लेक्स सञ्चालकहरूको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित