सिरहा । सिरहा जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)






