सूर्यविनाकयकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीन दिनसम्म सूर्यविनायका–६ बनाचौर खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका एक हजार विद्यार्थी सहभागी हुने छन् ।

सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिता’bout आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक–१० सङ्कटा फुटबल मैदानमा, भलिबल प्रतियोगिता सूर्यविनायक–८ युथ क्लब खेल मैदानमा, कबड्डी प्रतियोगिता सूर्यविनायक–६ सुवर्णेश्वर आधारभूत माविमा तथा उसु, कराते र तेक्वान्दो खेल सूर्यविनायक–४ अरनिको माविमा सञ्चालन हुने छन् । सदस्यसचिव थापाका अनुसार प्रतियोगिता च्याम्पियन हुनेलाई रु ३० हजारसहित रनिङ शिल्ड प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका मुख्यमन्त्री कँडेल बने एमाले कर्णालीको निर्वाचन कमान्डर