नेपाल एसबिआई बैंकबाट करिब ३ करोड ७ लाख लुटिएको प्रारम्भिक अनुमान

सिन्धुली । नेपाल एसबिआई बैंकको घ्याङलेख शाखामा मंगलबार साँझ भएको लुटपाट घटनामा संलग्न लुटेराहरूले प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ। प्रहरीका अनुसार बैंकबाट करिब तीन करोड सात लाख रुपैयाँ लुटिएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार लुटपाटमा ७ जनाको समूह संलग्न रहेको जानकारी प्राप्त भएको छ। लुटपाटपछि लुटेराहरू जंगलतर्फ भागेको र उनीहरूको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

स्थानीय बासिन्दाले लुटेराहरूले बोकेर लगेको एक बोरा नगद रकम समेत समातेका छन्। उक्त रकमको गणना हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, लुटेराहरूले प्रयोग गरेको गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ, तर हालसम्म उनको नाम सार्वजनिक गरिएको छैन। पक्राउ परेका व्यक्तिबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका सुरक्षा गार्डको उपचार तथा लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने