अरुण तेस्रो आयोजनामा कार्यरत मजदुर मृत फेला

फाइल तस्बिर

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुर मृत फेला परेका छन्।

उत्तर–दक्षिण कोशी राजमार्गको नालीमा मोरङको केराबारी गाउँपालिका–१० घर भई हाल आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तामाङको शव आज दिउँसो राजमार्ग छेउको नालीमा भेटिएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेदाङ्नाकाटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्दछ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै