धरानमा स्कुल बस दुर्घटना

काठमाडौं । धरानमा (आइतबार) दिउँसो स्कुल बस दुर्घटना भएको छ । को१ख ७११९ नम्बरको गुडिरहेको बस नियन्त्रण गुमाएर सडकमै पल्टिएको हो।

दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन। तीव्र गति वा प्राविधिक गडबडीका कारण बस पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनामा १३ जना रहेकामध्ये विद्यार्थीहरूको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। भेटघाटबाट धरानतर्फ आउँदै गरेको सो बस धनुषाबाट आएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घाइते विद्यार्थीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, ब्रेक नलागेपछि गाडी दुर्घटनामा परेको खुलेको छ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी