जागिर छाडेर राजनीतिमा लागेका डा.चौधरी स्पेस बढाउँदै

राजविराज । सरकारी जागिर छाडेर चुनावी मैदानमा ओर्लेका डा.दिपक चौधरीले सप्तरीमा विकासका सम्भावना धेरै भए पनि कमजोर नेतृत्वका कारण गति लिन नपाएको बताएका छन । शुक्रवार आफनो निर्वाचन क्षेत्रमा पर्ने राजविराजमा संचारकर्मीहरु सित कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन ।

“विकासका धेरै सम्भावना बोकेको यस जिल्लामा विगतमा चुनाव जितेर आएका जनप्रतिनीधीको कमजोर भुमिकाका कारण विकासले गति लिन पाएनन उनले भने–यहाँ औधोगिक नगरी र पर्यटक क्षेत्र बनाउने लगायतका थुप्रै सम्भावनाहरु छन, तर यस तर्फ विगतमा चुनाव जितेर गएका नेताहरुले केही गर्न न सक्दा ती सम्भावनाहरुले मुर्तरुप लिन पाएनन ।”

राजविराज नगरपालिका १३ विषहरीया निवासी ५२ वर्षिय डा.चौधरी हालै नेपाल विद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजीनामा दिई राजनितीमा होमिएका हुन । उनी कुलमान घिसिंग नेतृत्वको उज्यालो नेपाल पार्टीबाट सप्तरीको क्षेत्र २ बाट प्रतिनिधी सभाका उम्मेदवार बनेका हुन ।

आफु निर्वाचन जितेपछि अस्पताल, औधोगिक क्षेत्र, जीर्ण बाटोघाटोमा सुधार, रोजगारी भुमिहिनलाई जग्गा तथा जिल्लालाई धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्न कार्यलाई उच्च प्रांथमिक्तामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

घरदैलोका क्रममा स्पेस बढाउँदै लगेका उनले स्थापनाको छोटो समयमा आफनो पार्टीमा जनताको आकर्षण बढ्दै गएको बताएका छन । उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य समेत रहेका उनले मतदाता समक्ष पुग्दा गजबको उत्साह र सर्मथन प्राप्त भईरहेको तथा पार्टी प्रवेश गर्नेको लहर नै चलेको बताएका छन ।

पुराना दल र तीनका नेताहरु प्रति जनतामा निराशा छाएको भन्दै उनले आफनो प्रतिस्पर्धा नयाँ र परिवर्तनकारी शक्ती संग नै हुने दाबी समेत गरेका छन । पुराना राजनितीक दलहरु जिम्मेवार नबन्दा नया दल प्रति जनताको आकर्षण बढेको उनको तर्क छ । यस क्षेत्रमा उज्यालो नेपाल पार्टीसँगै रास्वपा, जनमत, जसपा नेपाल, नेपाली काँग्रेस र नेजपा मुख्य प्रतिस्पर्धामा देखिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२