बेचिएकाहरू म्यान्मा र कम्बोडियाका दुर्गम गाउँमा

काठमाडौं । वैदेशिक रोजगारीको लोभमा फस्दा नेपाली युवा अन्तर्राष्ट्रिय ‘स्क्यामर’को चंगुलमा पर्दै साइबर अपराध गर्न बाध्य भइरहेको पाइएको छ । बढी पारिश्रमिक पाउने लोभमा फस्दा नेपाली युवा म्यान्मा र कम्बोडियाका दुर्गम ठाउँमा बेचिनसमेत थालिएका छन् ।

अन्तर्राष्ट्रिय ‘स्क्यामर’को चंगुलमा युवापुस्ता

नेपाल प्रहरी र बैंककस्थित नेपाली दूतावासका अनुसार संगठित मानव बेचबिखनको अन्तर्राष्ट्रिय जालोमा रूपान्तरण भइसकेको छ । ‘डाटा इन्ट्री अफिसर’, ‘अनलाइन अफिस स्टाफ’ र ‘कस्टमर सपोर्ट’ जस्ता सुरक्षित देखिने विज्ञापनमार्फत नेपाली युवालाई थाइल्यान्ड पु¥याएर जबरजस्ती म्यान्मा, कम्बोडिया र लाओसको सीमावर्ती क्षेत्रमा सञ्चालित स्क्यामिङ केन्द्रमा बेच्ने क्रम तीव्र बन्दै गएको नेपाली राजदूतावास बैंककले उल्लेख गरेको छ ।

बैंककस्थित नेपाली राजदूतावासले हालसम्ममा ३ सयभन्दा बढी नेपालीलाई म्यान्माको म्यावडी राज्यबाट उद्धार गर्दै नेपाल पठाइसकेको छ । यसक्रममा शुक्रबार मात्रै म्यान्माको म्यावडी क्षेत्रमा फसाइएका चार जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बै ंककका अनुसार थाइल्यान्ड सरकारको सहयोगमा उद्धार गरिएका ती चार नेपालीलाई टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई शुक्रबार नेपाल एयरलाइन्समार्फत स्वदेश फर्काइएको हो ।

शिक्षित युवासमेत बेचबिखनको सिकार
उद्धार गरिएका चार जनामध्ये एक जना महोत्तरी, एक जना नुवाकोट र दुई जना दाङ जिल्लाका छन् । सबैले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । उनीहरूमध्ये एक जनाले थाइल्यान्डमै स्नातक अध्ययन गरी होटलमा रिसेप्सनिस्टका रूपमा काम गरिरहेका थिए । अर्का एक दाङ निवासीले सरकारी कार्यालयमा कम्प्युटर अपरेटरको रूपमा काम गरेको अनुभव सुनाए । यसले के देखाउँछ भने यो जालो अशिक्षित वा बेरोजगार युवामात्र होइन, प्रविधिमा जानकार र अनुभव भएका शिक्षित नागरिकसमेतलाई लक्षित छ ।

अघिल्लो पटक उद्धार गरिएका युवाहरूमा पनि आईटी पढेकाहरू संख्या अधिक थियो । पीडितहरूको बयानअनुसार उनीहरूलाई नेपालमै ‘थाइल्यान्डमा डाटा इन्ट्री अफिसर’को जागिर भनेर सम्झाइएको थियो । भिसा, टिकट र बसोबासको व्यवस्था गरिदिने आश्वासन दिइएको थियो । तर थाइल्यान्ड आइपुग्नेबित्तिकै पासपोर्ट नियन्त्रणमा लिई जबरजस्ती म्यान्मा पु¥याएको एक पीडितले बताए ।

म्यान्मामा तालिम भनेर लगिएका उनीहरूलाई जबर जस्ती स्क्याम गर्न लगाउने र शारीरिक तथा मानसिक यातना दिने गरेको बताइएको छ । ती युवाहरूलाई अनलाइन ठगी गर्न लगाउने, नेपाली ह्वाट्ससएप नम्बरबाट कल सेन्टरमा काम लगाउने, दैनिक लक्ष्य दिने, मानसिक दबाब दिने गरेको पाइएको छ । ‘स्क्यामर’ले दिएको काम अस्वीकार गरे कुटपिट गर्ने गरेको पनि एक पीडितले बताए ।

‘स्क्यामर’हरू नेपाली युवालाई आधुनिक दास बनाउँदै
म्यान्माको म्यावडी, कम्बोडियाको सिहानुकभिल र लाओस–थाइल्यान्ड सीमाको ‘गोल्डेन ट्रायंगल’ क्षेत्रमा नेपालीहरूलाई अनलाइन स्क्याम गराउने ठूलाठूला अड्डाहरू रहेको आशंका गरिएको छ । ती रिपोर्टहरूमा पीडितले दिनमा १२–१६ घण्टा काम गर्न बाध्य बनाइने, लक्ष्य पूरा नभए शारीरिक यातना दिइने र भाग्न खोजे ज्यानै जोखिममा पर्ने गरेको नेपाली राजदूतावास बै ंककले पटक पटक सार्वजनिक गर्दै ट्राभल एडभाइजरी जारी गर्दै आएको छ ।

झुटो आश्वासन, सीमा पार गराउने, नियन्त्रणमा राख्ने र जबरजस्ती गैरकानुनी काममा लगाई नेपालीहरूलाई आधुनिक दास बनाउने क्रम चलेको ३ वर्ष भइसकेको छ । सरकारी तथा कूटनीतिक स्रोतका अनुसार पछिल्ला दुई वर्षमा मात्र म्यान्मा, कम्बोडिया र लाओस क्षेत्रमा फसेका ३ सयभन्दा बढी नेपालीले उद्धारको लागि दूतावासमा सम्पर्क गरेका छन् ।

तीमध्ये सबैको उद्धार सम्भव भएको छैन । केही अझै सम्पर्कविहीन छन्, जसले संख्या अझै ठूलो हुनसक्ने संकेत गर्छ । कम्बोडियाको सन्दर्भमा समस्या झन् जटिल छ । उद्धारपछि पनि त्यहाँको अध्यागमन कानुनअनुसार पीडितले लाखौं रुपैयाँबराबरको जरिवाना तिर्नुपर्ने, कतिपय अवस्थामा महिनौ ंसम्म हिरासतमा बस्नुपर्ने अवस्था देखिएको छ । यसले पीडितलाई ‘अपराधी’ र ‘पीडित’ दुवैको दोहोरो बोझ बोक्न बाध्य बनाएको छ ।

नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेको सन्दर्भमा ठगी नेटवर्कले फेसबुक, टिकटक, टेलिग्राम र ह्वाट्सएपमार्फत लक्षित विज्ञापन चलाइरहेको पाइएको छ । ‘घरमै बसेर अनलाइन काम’, ‘मासिक १–२ लाख आम्दानी’ जस्ता शब्द प्रयोग गरी युवालाई आकर्षित गरिन्छ । वैदेशिक रोजगारीका लागि अनुमति नलिई ‘भिजिट भिसा’मा विदेश पठाउने नेटवर्क सक्रिय छन् ।

मानव बेचबिखन ऐन भए पनि डिजिटल माध्यमबाट हुने ठगी र बेचबिखन पहिचान गर्न राज्य संयन्त्र अझै कमजोर देखिन्छ । नेपाली राजदूतावास बै ंककले थाइल्यान्ड जाने नाममा म्यान्मा, कम्बोडिया तथा लाओसको गोल्डेन ट्रायंगल क्षेत्रमा पु¥याइने जोखिम अत्यन्त उच्च रहेको भन्दै कडा चेतावनी दिएको छ । आकर्षक कमाइको प्रलोभनमा नपर्न, आफैँ नजान र परिवार, गाउँ–छिमेक तथा साथीभाइलाई समेत सचेत गराउन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

गत साता कीर्तिमान बनाएको सुनचाँदीकै मूल्यमा उच्च गिरावट