रसुवा । रसुवा जिल्लाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार साँझ पहिरो जाँदा चिनियाँ सामान आयातका लागि केरुङतर्फ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिएका छन् ।
यसैगरी, कामको सिलसिलामा केरुङ गई घर फर्कन लागेका नेपाली नागरिकहरु सडक अवरुद्ध भएपछि नेपाल–चीन मितेरी पुल पारि चिनियाँ भूभागमै रोकिएका छन् । राजमार्ग पुनः सञ्चालन गर्न स्काभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए । उनका अनुसार पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करिब २९ किलोमिटर उत्तरतर्फ रहेको छ ।
प्रहरी निरीक्षक कुँवरले पहिरो ठूलो भएका कारण जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवत–जावत गराइने जानकारी दिए । सुरक्षालाई दृष्टिगत गर्दै यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
गुल्मीको खोल्टेपानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
श्रीमतीको हत्या गरेर फरार एकजना पक्राउ
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
गुल्मीमा ४३ जनाको उम्मेदवारी कायम
कर्णालीका मुख्यमन्त्री कँडेल बने एमाले कर्णालीको निर्वाचन कमान्डर
अरुण तेस्रो आयोजनामा कार्यरत मजदुर मृत फेला






