नेपाली राजनीति आज एउटा गम्भीर राजनीतिक दुर्घटनासम्मुख आइपुगेझैं लाग्छ । नेतृत्वको मूल्यांकन मार्गदर्शन, दीर्घकालीन नीति निर्माण र जनविश्वासका आधारमा भइरहेको छैन । केवल पदमा पुग्न र टिक्नसक्ने चतु¥याइँलाई आधार मानिएको छ । गुटगत प्रभुत्व तथा पहुँच सीमितता कायम राख्न सक्नुलाई सफलताको नयाँ भाष्य बनाइएको छ ।
ऐतिहासिक रूपमा लोकतन्त्र र नीतिगत व्यवस्थाको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको हो । तर, दलहरू आज गुट सञ्जाल र संकुचित व्यक्तिगत स्वार्थको खेल मैदान बन्न पुगेका छन् ।
नेतृत्वको वास्तविक अर्थ, निष्ठा, विचार, दूरदृष्टि र नीतिगत प्रतिबद्धता आज अत्यन्तै क्षीण भइसकेको अवस्था छ । नेपाली राजनीति विचारहीन नेतृत्वको दौडको युगमा प्रवेश गरेको छ भनेर भन्दा फरक पर्दैन । राजनीतिक दलहरूको आजको प्रमुख चिन्ता तथा चिन्तनको विषय राजनीतिक स्थायिŒव र दीर्घकालीन राष्ट्र हित छैन । राजनीतिक नेतृत्व शक्तिको आर्जन र तत्कालीन व्यक्तिगत स्वार्थको पूर्तिका विषयमा चिन्तित छन् ।
नेतृत्वको वास्तविक परिभाषा राष्ट्रको मार्गदर्शन गर्नु हो । दूरगामी तथा दीर्घकालीन नीति निर्माण गर्नु हो । जनताको विश्वास आर्जन गर्दै जानु हो । तर, राजनीतिक अभ्यासहरूले नेतृत्वको सम्पूर्ण ध्यान व्यक्तिगत स्वार्थ र गुटगत प्रभुत्व कसरि कायम राख्ने भन्नेमा केन्द्रित रहेको देखाएको छ । दलभित्र वैचारिक प्रशिक्षण, नीतिगत संस्कृति र अनुसन्धानको परम्परा क्रमशः समाप्त हुँदै गएको छ । पार्टीका बैठकहरूमा गरिने बहसहरू औपचारिकतामा मात्र सीमित छन् । वास्तविक निर्णयहरू गुट र व्यक्तिको स्वार्थमा हुन्छ । नेतृत्वको वैचारिक आधार नै हराउँदै गएको छ । राष्ट्र अस्थिरता र दिशाहीन अवस्थातर्फ धकेलिन पुगेको छ ।
राजनीतिक दलहरूमा नेतृत्वको चयन नीतिगत दक्षता तथा वैचारिक प्रतिबद्धताका आधारमा हुने गरेको छैन । गुटगत शक्ति सन्तुलन र व्यक्तिगत सम्बन्धलाई प्रमुख आधार बनाइएको छ । वैचारिक चुनौती दिनसक्ने क्षमता, क्रान्तिकारी दृष्टिकोण र नीतिगत दक्षता भएका योग्य व्यक्तिहरू नेतृत्वमा आउन सक्ने वातावरण नै राजनीतिक दलहरूमा छैन । त्यस्ता व्यक्तिहरूलाई दृश्यमान तथा प्रतीकात्मक भूमिकामा सीमित गरिएका छन् । दलभित्र हुनुपर्ने वैचारिक बहसलाई नै समाप्त पारिएको छ । नेतृत्व तत्कालीन रूपमा सुरक्षित त देखिएको छ । तर, दल र राष्ट्रलाई वैचारिक रूपमा असुरक्षित र कमजोर बनाउँदै लगेको छ ।
दलहरूका नीति र योजना गुटगत सन्तुलन र व्यक्तिगत स्वार्थकेन्द्रित छन् । राष्ट्रिय प्राथमिकताहरूलाई नै उपेक्षा गरि“दै छन् । दलहरूमा विचार अभाव छ । निर्णयहरू हतारमा गरिन्छन् । नीति तथा योजना निर्माणदेखि कार्यान्वयन सम्मका सबै तहमा व्याप्त कमजोरीलाई निम्त्याएको छ । जनता र सरकारबीचको विश्वास घट्दो छ । राजनीतिक दल र आमनागरिकबीचको दूरी फराकिलो बन्दै गएको छ । विचारहीन नेतृत्वका कारण दलहरू सत्ता सन्तुलनको गणितमै व्यस्त छन् । राष्ट्रको दीर्घकालीन हितको लेखाजोखाबाट राजनीतिक दल बिस्तारै विमुख हुँदै गएका छन् ।
नेपाली राजनीतिमा रुपान्तरणको नारा भाषिक र प्रतीकात्मक औपचारिकतामै सीमित छन् । नवपुस्तालाई केवल दृश्यमान सहभागी बनाइएको छ । निर्णय प्रक्रियामा नवपुस्ताको सहभागिता सीमित गराइएको छ । हस्तक्षेपकारी भूमिका प्रदान गरिएको छैन । दलभित्रको शक्ति सन्तुलन, नीति निर्माण, राष्ट्रिय रणनीति र वित्तीय नियन्त्रणमा पुरानै ढर्रा कायम छ । रूपान्तरणको भ्रम छर्ने प्रयास गरिएको छ । वैचारिक दृष्टिकोणबिहीन र केवल रणनीति मुखी नेतृत्व राजनीतिक दलहरूमा विराजमान छन् ।
दलहरूका नीति र योजना गुटगत सन्तुलन र व्यक्तिगत स्वार्थकेन्द्रित छन् । राष्ट्रिय प्राथमिकताहरूलाई नै उपेक्षा गरिँदै छन् । दलहरूमा विचार अभाव छ । निर्णयहरू हतारमा गरिन्छन् । नीति तथा योजना निर्माणदेखि कार्यान्वयन सम्मका सबै तहमा व्याप्त कमजोरीलाई निम्त्याएको छ । जनता र सरकारबीचको विश्वास घट्दो छ । राजनीतिक दल र आमनागरिकबीचको दूरी फराकिलो बन्दै गएको छ । विचारहीन नेतृत्वका कारण दलहरू सत्ता सन्तुलनको गणितमै व्यस्त छन् ।
नेतृत्वमा वैचारिक अन्तर्दृष्टि छैन । दलहरू तत्कालीन सत्ता खेलमै रमाएका देखिन्छन् । उनीहरूमा संस्थागत राजनीति छैन । गुटउपगुटमा विभाजित छन् । गुटगत प्रभुत्वमै नेतृत्वको ध्यानकेन्द्रित छ । सामाजिक, आर्थिक र पर्यावरणीय रूपान्तरणमा कसैको ध्ययान जान सकेका छैनन् । त्यसका लागि आवश्यक गहन छलफल, नीति निर्माण, दीर्घकालीन योजना र अनुसन्धानमा आधारित निर्णय हुन सकेका छैनन् । नवपुस्ताले पनि विचारबिहीन अभ्यासलाई नै विरासत मानेका छन् । यसलाई नै निरन्तरता दिइरहेका छन् । पुरानै गुटगत र स्वार्थी राजनीतिको चक्रले निरन्तरता पाएको अवस्था छ । दलहरूमा रूपान्तरण नाममात्रको देख्न पाइन्छ । वैचारिक तथा नीतिगत रूपान्तरणको आधार अझै तयार हुन सकेको छैन ।
विचारहीन नेतृत्वले राष्ट्रको दीर्घकालीन क्षतिलाई सुनिश्चित गर्दै गएको छ । यसका केही प्रमुख असर बहुआयामिक छन् । दीर्घकालीन रणनीतिबिनाको निर्णयले नीतिगत स्थिरतालाई झन्झन् कमजोर पार्दै छन् । आर्थिक र राजनीतिक पूर्वानुमान अभाव बढ्दै छ । उद्योग, व्यवसाय, रोजगारी र राज्य संरचनामा स्थायिŒव कमी छ । जनताको अपेक्षा र विश्वास टुट्दै गएका छन् । नीतिगत अस्थिरता र अदूरदर्शिताले जनता र सरकारबीचको दूरी निरन्तर बढादोक्रममा छ । लोकतन्त्रप्रतिको जनआस्थामा ह्रास आएको देखिन्छ । दलभित्र विचार र नीति निर्माणका संरचना नै कमजोर हुँदै गएको छ ।
पार्टीहरू स्वयंले वैचारिक नेतृत्वको जन्मलाई रोकेको अवस्था छ । संस्थागत क्षीणता एवं संगठनमा दीर्घकालीन दुर्बलता निम्तिएको छ । दलहरूमा वैचारिक बहस हुनै छाडेका छन् । नयाँ तथा वैकल्पिक शक्ति जन्मिनसक्ने वातावरणलाई नै समाप्त पार्ने प्रयास गरिएका छन् । मुलुकको राजनीति सत्ताको अंकगणितमै सीमित हुन पुगेको छ । पदको खेल झन लोकप्रिय हुँदै गएको छ । यसमै रमाउने र यसलाई नै अन्तिम लक्ष्य ठन्ने सबैको बानी पर्छ । नवप्रवर्तन र जोखिम मोल्ने क्षमता समाप्त हुन्छ । विचार अभावले नवपुस्तालाई अवसरवादी, रणनीतिमुखी र सत्तामा लिप्त बनाउँछ । नेपाली राजनीति वैचारिक दृष्टिकोण राख्न नसक्ने, पद र गुटलाई मात्र प्राथमिकता दिने नेतृत्व उत्पादन गर्ने कारखाना बन्न पुगेको छ ।
त्यसकारण नेपाली राजनीतिलाई विचारहीन नेतृत्वको दौडबाट बाहिर निकाल्न जरुरी छ । यसका लागि राजनीतिक दलहरूले अब कठोर आत्मसमीक्षा गर्न तयार हुनुपर्छ । त्यसका लागि आवश्यक केही कदम उठाउन अपरिहार्य छन् । दलभित्र वैचारिक संरचना र प्रशिक्षण पुनस्र्थापना अपरिहार्य छ । अनुसन्धान, नीति अध्ययन र बहसको परम्परा पुनस्र्थापित हुनुपर्छ ।
नवपुस्तालाई दृश्यमान भूमिकामै सीमित गर्नु हुँदैन । निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गरिनुपर्छ । भविष्यको नेतृत्वलाई नीतिगत र वैचारिक दृष्टिकोणले सक्षम बनाउने प्रयास गर्दै जानुपर्छ ।
पारदर्शिता, जवाफदेहिता र उत्तरदायिŒव राजनीतिका अनिवार्य सर्त हुन् । आन्तरिक निर्णय, वित्तीय संरचना र नीति निर्माणमा पूर्ण पारदर्शिता अपरिहार्य छ । नेतृत्व गुटगत तथा व्यक्तिगत स्वार्थबाट उठ्न सक्नुपर्छ । राष्ट्रको बृहत्तर हितलाई प्राथमिकतामा राख्नुपर्छ । प्रत्येक दल तत्कालीन सत्ता खेलभन्दा बाहिर निस्कन तयार हुनैपर्छ । राष्ट्रका दीर्घकालीन आवश्यकता र जनचाहनामा आधारित नीति बनाउन आवश्यक छ ।
नेतृत्वले केवल पद र सत्ता ताक्नु हुँदैन । राष्ट्र र जनताको अपेक्षा बुझ्ने प्रयास गर्नुपर्छ । वैचारिक प्रतिबद्धता र नीतिगत इमान्दारी नेतृत्वको मूल्यांकनको मूल आधार हुन् । नेतृत्व त्यो हो, जसले राष्ट्रलाई वर्तमान समयभन्दा अगाडि राखेर सोच्दछ । सोच अनुसारको नीति निर्णय गर्दछ । लक्षयको निर्धारण गर्दछ । लक्ष्यमा पुग्ने मार्ग निर्माण गर्दछ । सफलता सुरक्षित गर्दछ । पद, स्वार्थ र गुटगत सन्तुलनको आधारमा असल तथा वैचारिक नेतृत्व विकास सम्भव छैन । वैचारिक एवं असल तथा कुशल नेतृत्वबिना राष्ट्रको भविष्य सधैं असुरक्षित रहन्छ ।
राष्ट्र आज विचारहीन नेतृत्वको गम्भीर दौडमा छ । यो निकट भविष्यको राजनीतिक संकटको संकेत पनि हो । पुस्तान्तरणसहितको रूपान्तरणको नारा भाषिक र प्रतीकात्मक छन् । राजनीतिक नेतृत्वको वैचारिक विकास अपरिहार्य छ । तर, वैचारिक विकासका आधारलाई नै समाप्त पार्ने प्रयास गरि“दै छन् । नेतृत्वमा आवश्यक दुरदृष्टि र नीति निर्माण क्षमता अभाव देखिन्छ । सस्तो लोकप्रियताको भुत सवार छ । यस्तो राजनीतिक नेतृत्वले राष्ट्रको आवश्यकता पूरा गर्न सक्दैन । विचार पुनर्जागरण, वैचारिक प्रशिक्षण, पारदर्शिता र दीर्घकालीन नीति निर्माणका माध्यमबाट मात्र नेतृत्व सशक्त र राष्ट्र स्थिर हुनसक्छ ।
विचारहीन नेतृत्वको दौड समाप्त गर्न राजनीतिक दलले आफ्नो संरचना, अभ्यास र दृष्टिकोण पुनर्निर्माण गर्नैपर्ने हुन्छ । विचारको पुनर्जागरण नै नेपाली राजनीतिका लागि वास्तविक रूपान्तरणको पहिलो सर्त हो । नेतृत्वले पद र गुटको लागिमात्र होइन, राष्ट्र र भविष्यका लागि पनि निर्णय लिनुपर्छ । विचार पुनर्जागरण नै राष्ट्रको वास्तविक पुनर्जागरण थालनी हो ।
(लेखकको यो निजी विचार हो ।)
सम्बन्धित समाचार
यसकारण जरुरी छ, ‘राइट टु रिकल’
मतदाता सचेतनाको प्रश्न
निर्वाचन सुरक्षामा, कसको के भूमिका ?
युवा ‘उम्मेदवार’ हुनुमात्र पर्याप्त होइन
राष्ट्रप्रतिको प्रतिबद्धता : बललाई सुदृढ, सक्षम र डक्ट्रिन आधारित बनाउने आवश्यकता
अग्निपरीक्षाको घडी आमनिर्वाचन
जनताले चिन्नुपर्दछ ‘बहुरूपी कम्युनिस्ट’
सरकारलाई ‘सरकार’ घा“डो !






