काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुरको बागमती गाउँपालिका १ हसेलका ४१ वर्षीय अशोक लो र रामेछापको लिखु तामाकोशी गाउँपालिका –५ का २१ वर्षीय अजयका नामले परिचित संजय तामाङलाई पक्राउ गरिएकोकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, अशोकलाई कर्तव्य ज्यान मुद्दामा अदालतले २५ वर्ष कैद तोकेको थियो ।
उनलाई काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। अशोकलाई नख्खु कारागार पठाइएको छ ।
त्यस्तै, संजयलाई चोरी मुद्दामा पुर्पक्षका लागि जेल चलानको आदेश भएको थियो। उनलाई भक्तपुरको चागुनारायण नगरपालिका–३ बाट पक्राउ गरिएको हो । उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल पठाइएको एसपी कार्कीले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
चार वर्षपछि प्रहरी रासनमा राहत
ईश्वर पोखरेल काठमाडौं ५ बाट निर्वाचन लड्ने
दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
श्रीमतीको हत्या गरेर फरार एकजना पक्राउ
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
विपद् व्यवस्थापन तालिम शिक्षालयलाई रनिङ अवार्ड






