धादिङ । २६ वर्षकी महिला करणी गरेको अभियोग लागेका २४ वर्षका विशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ गल्छीका खतिवडालाई प्रहरीले हिजो मंगलबार दिउँसो पक्राउ गरेको हो ।
बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)






