विपक्षीले चरित्र हत्याको प्रयास गर्न थाले: उम्मेदवार चौधरी

राजविराज । सप्तरी क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीले चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र भइरहेको गुनासो गरेका छन् ।

बिहीबार सप्तरी सदरमुकाम राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो गुनासो पोखेका हुन् । उनले आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा भएको निर्माण कार्यको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको विषयलाई बंग्याएर विपक्षि दलका केही व्यक्तिले गलत किसिमले प्रचारबाजी गरेको भन्दै त्यस्तो भ्रममा नपर्न सबैसँग आग्रह समेत गरेका छन् ।

रास्वपाबाट उम्मेदवारी दिई चुनावी प्रचारमा रहेको बखत आफ्नो पक्षमा जनमत बढ्दै गएको देखेर विपक्षिहरुले विभिन्न जालझेल प्रपञ्च र झुठा आरोप लगाउन थालेको उनको दाबी छ ।

उनले उक्त विद्यालय स्थापना तथा संचालनमा आफ्नो परिवारले निकै योगदान गरेको र एक महिनाअघि मात्र आमाको नाममा रहेको १४ कठ बहुमुल्य जग्गा दान दिएको भन्दै दाता परिवारलाई लाखौं रुँपैया हिनामिना गरेको विपक्षिले लगाएको आरोप बिल्कुलै निराधार रहेको दाबी गरेका छन् ।

उनले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा अघि नै ७५ प्रतिशत काम सम्पन्न भइसकेको तथा आफूले तोकिएकै बजेटको परिधिमा रही बाँकी रहेको काम सम्पन्न गरेको भन्दै अहिले आएर विपक्षिहरुले बदनाम र चरित्रहत्या गर्ने नियतले आयोगमा झुठ उजुरी दिएको दाबी गरेका छन् ।

यता उनीसहित ९ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले विद्यालय भवन निर्माण कार्य विषयमा सोधपुछका लागि शुक्रवार बोलाएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नं. ५ स्थित श्री कान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उनी सँगै रामसागर मण्डल, सत्येन्द्र कुमार मण्डल, कन्दीदेवी सदा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरन मण्डल, सुभाष कुमार साह र योगेन्द्र प्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकोले शुक्रवार उपस्थित गराई दिन डाक्नेश्वर नगरपालिकालाई अख्तियारले गरेको पत्राचारमा उल्लेख छ ।

सो विद्यालयको विद्यालय भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछी छानबिनका क्रममा बयानका लागि उनीहरुलाई बोलाइएको बुझिएको छ । आयोगले गरेको पत्राचारमा रास्वपा उम्मेदवार चौधरीसहित अन्य ९ जनालाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनेर सम्बोधन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ