बबिताको ‘कलियुगकी राधा’ बिमोचित

काठमाडौं । गायिका बबिता मानन्धरले आफ्नो नयाँ गीत ‘कलियुगकी राधा’ दर्शकमाझ ल्याएकी छिन् । उनले बिहीबार काठमाडौँमा एक समारोहबिच यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । कार्यक्रममा अग्रज गायिकाहरू कुन्ती मोक्तान, देवीका वन्दना, मनिला सोताङ, सुक्मित गुरुङ र बबिता आफैँले यो गीतलाई कार्यक्रममा संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

विगत अढाई दशकदेखि गायनमा सक्रिय बबिताले थुप्रै चलचित्रका गीतमा स्वर दिएकी छिन् । पछिल्लो समय आफू पप, आधुनिक गीतमा बढी केन्द्रित भएको उनले यो गीतको विमोचन समारोहमा बताइन् ।

डिपी खनालले लेखेको यो गीतलाई शंकर थापा ‘स्माईल’ले संगीत दिएका हुन् । यो गीतको भिडियोलाई राजीव समरले निर्देशन गरेका छन् । भिडियोमा अभिषेक श्रेष्ठ र आश्मा विश्वकर्माले मोडलिङ गरेका छन् । सुरेश मानन्धर निर्मित यो गीतको भिडियोमा दिनसन शाहको सम्पादन, दिनेश पराजुरीको छायांकन रहेको छ । पप जनराको यो गीत नृत्य प्रधान बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय