सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन

काठमाडौं । नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।

मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए । उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार राति निधन भएको हो ।

अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए । बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक